काठमाडौं । नेपाली कांग्रेसको १५ औँ केन्द्रीय महाधिवेशनअन्तर्गत दोस्रो दिन आज (असोज ४ गते) पनि देशका विभिन्न स्थानमा वडा अधिवेशन सम्पन्न भएको छ। कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णयानुसार आगामी २०८३ असोज १६ देखि १९ गतेसम्म हुने १५ औँ केन्द्रीय महाधिवेशनका लागि असोज ३ गतेदेखि वडा अधिवेशन प्रक्रिया सुरु भएको हो।
केन्द्रीय निर्वाचन समितिका अनुसार दोस्रो दिनसम्म देशका ७३ जिल्लाका ६ हजार १३२ वडामा अधिवेशन पश्चात् निर्वाचन सम्पन्न भई वडा कार्यसमिति तथा क्षेत्रीय प्रतिनिधि चयन भएका छन्।
अधिवेशन प्रारम्भ भएका ७३ जिल्लाहरूमा हिमाली, पहाडी तथा तराई-मधेसका अधिकांश भूभाग समेटिएका छन्। केही जिल्लाका सीमित निर्वाचन क्षेत्रबाहेक देशभरका वडाहरूमा नेतृत्व चयन प्रक्रिया सौहार्दपूर्ण वातावरणमा भइरहेको पार्टीले जनाएको छ।
यसैबीच, केन्द्रीय निर्वाचन समितिबाट प्रकाशित कार्यतालिका अनुसार रसुवा, नुवाकोट र धादिङ जिल्लाका साथै सप्तरी (क्षेत्र नं. २ र ४), सिरहा, मोरङ (क्षेत्र नं. ६), रौतहट (क्षेत्र नं. १), सर्लाही (क्षेत्र नं. २), परासी (क्षेत्र नं. २) र अघिल्ला दिनहरूमा सम्पन्न हुन बाँकी रहेका सम्पूर्ण वडाहरूमा असोज ५ गते सोमबार पनि वडा अधिवेशन निरन्तर जारी रहनेछ।
निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालद्वारा जारी विज्ञप्तिमा सम्पूर्ण सरोकारवालाहरूलाई बाँकी रहेका वडाहरूमा तोकिएको तालिकाअनुसार नै अधिवेशन प्रक्रिया अघि बढ्ने जानकारी दिइएको छ।
सम्बन्धित समाचार
राष्ट्रपति पौडेलले गरे राष्ट्रको नाममा सम्बोधन, भने, `बिपदमा हातोमालो गरौं´
जेनजी आन्दोलनले जन्माएका नेता
एमाले विवादः बल्थली बैठक असफल, प्रतिवेदन मिलाउन अर्को कार्यदल
मलाई पदको लोभ छैन, महाधिवेशन गरेरै नेतृत्व हस्तान्तरण गर्छु: देउवा
रवि लामिछानेले बोलाए सर्वदलीय बैठक
रास्वपा सभापति लामिछानेको आह्वानमा सर्वदलीय बैठक बस्दै
सिंहदरबारमा सर्वदलीय बैठक सुरु
नेपालको संविधानको १२ वर्षः असन्तुष्टि उस्तै, कार्यभार अपुरै






