काठमाडौं । एमालेको सचिवालय बैठकले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले तयार पारेको प्रतिवेदन स्वीकार गरेको छ ।
आज (आइतबार) बसेको सचिवालय बैठकले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले बुझाएको कार्यदल प्रतिवेदन स्वीकार गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिएका छन् । यस’bout एमाले उपमहासचिव भट्टले भने, ‘आठौँ सचिवालय बैठकले चार महिना लगाएर जुन प्रतिवेदन तयार गर्यो, त्यो सर्वसम्मत रूपमा प्रतिवेदनलाई बुझाउने काम भयो र सचिवालयले त्यसलाई ग्रहण गर्यो, आजको बैठक भोलि बिहान नौ बजे बस्नेगरी स्थगित भएको छ ।’
त्यही बैठकले केन्द्रीय समितिमा छलफल हुने एजेन्डा’bout छलफल हुने उनले बताएका छन । उनले भने, ‘त्यो प्रतिवेदनमा नेतृत्व सम्बन्धी सबैचिज हटेको छ । त्यहाँ मतभेद भएका विषय हटेर सर्वसम्मत जुन कार्यदलले पास गर्यो,’ उनले भने ।
कसले तयार पारेको प्रतिवेदन ? भन्ने पत्रकारको प्रश्नमा उनले भने, ‘त्यो कार्यदलले पास गरेको प्रतिवेदन हो, त्यो संयोजकले पेस गरेको प्रतिवेदन भनेर बुझ्छु मैले ।’
सम्बन्धित समाचार
कांग्रेस विवाद समाधानको मध्यार्गी प्रस्ताव
राष्ट्रिय पीडालाई राजनीतिक हतियार बनाउने छुट कसैलाई छैन : रास्वपा सभापति लामिछाने
जेनजी आन्दोलन दल विशेष थिएन, तत्कालीन सरकारको दमनको परिणाम थियोः कांग्रेस सांसद केसी
यसकारण गलत छ काननुमन्त्रीको दाबी
संरचना बन्लान्, मुर्झाएका मन फेरि फक्रेलान् ?
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
कांग्रेस सभापतिको उम्मेदवार बन्न ४० हजार रुपैयाँ शुल्क लाग्ने
कांग्रेसमा एक्लिँदै शेरबहादुर देउवा






