गण्डकीमा निवर्तमान स्वास्थ्य मन्त्री र स्वास्थ्य सचिवको ‘घूसकाण्ड’

पोखरा । बेड संख्या बढाएर अस्पतालको स्तरोन्नति गर्ने विषयमा घूसको बार्गेनिङ आरोपमा गण्डकी प्रदेशका निवर्तमान स्वास्थ्य मन्त्री लक्ष्मणबहादुर पाण्डे र स्वास्थ्य सचिव डा. युवानिधि बसौला मुछिएका छन् ।

पत्रकार अपिल त्रिपाठीले ‘गण्डकी छड्के’ युट्युब च्यानलमार्फत केही दिनअघि उक्त काण्ड सार्वजनिक गरेका थिए । घटनाको छानबिनका लागि गण्डकी प्रदेश सरकारले छानबिन समिति गठन गर्दै तत्कालका लागि स्वास्थ्य सचिवलाई जिम्मेवारीबाट हटाउने निर्णय गरेको छ । डा. बसौलालाई अर्को व्यवस्था नभएसम्मका लागि गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा काजमा खटाउने प्रदेश सरकार मन्त्रिपरिषद्ले निर्णय गरेको हो ।

पोखरास्थित पद्म नर्सिङ होमको बेड संख्या ५० बाट १०० स्तरोन्नति गरी अस्पताललाई अनुमति दिने क्रममा तत्कालीन स्वास्थ्य मन्त्री पाण्डे, मन्त्रालयका सचिव डा. बसौला र मन्त्रीका स्वकीयसचिव यादव पौडेलले रकमको सौदाबाजी गरेको अडियो छताछुल्ल भएको छ । उक्त प्रकरणमा ततकालीन स्वास्थ्य मन्त्री एवं एमाले गण्डकी प्रदेश सभा सदस्य पाण्डे, सचिव डा. बसौला र स्वकीय सचिव पौडेल मुछिएसँगै मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिवको संयोजकत्वमा ३ सदस्यीय छानबिन समिति गठन गरिएको हो ।

अस्पतालको शैय्या बिस्तार र नवीकरणका क्रममा करिब ३० लाखसम्मको आर्थिक लेनदेनको आरोप सार्वजनिकसँगै मन्त्रालयका सचिवसहित यो प्रकरणमा जोडिएका उपर छानबिन समिति गठन गरिएको हो । समितिले आगामी १५ दिनभत्र छानबिन प्रतिवेदन पेस गर्नेछ ।

उक्त प्रकरणमा छानबिनका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रदेश कार्यालय पोखरामा समेत पत्राचार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं आर्थिक मामिला मन्त्री जितबहादुर शेरचनले जनाएका हुन् । साथै, यो विषय अनुसन्धान तथा छानबिनको चरणमा रहेको हुँदा अनियमितताको विषयमा स्पष्ट नहुँदासम्म उक्त अनुमतिको निर्णय कार्यान्वयन नगर्ने, नगराउने वा स्थगन गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको छ ।

उता, घूस प्रकरण’bout छानबिन गर्न एमाले पार्टी आफैँले पनि छानबिन समिति गठन गरेको छ । एमाले प्रदेश सभा संसदीय दलले प्रमुख सचेतक देवका पहारी त्रिपाठीको संयोजकत्वमा ३ सदस्यीय छानबिन समिति गठन गरेको हो । उक्त समितिमा चाहिँ एमाले संसदीय दलका सदस्य तथा संसदीय बोर्डका सदस्य वेदबहादुर गुरुङ (श्याम) र एमाले गण्डकी प्रदेश कमिटी सचिव तथा निवर्तमान प्रदेश सभा सदस्य धनञ्जय दवाडी सदस्य तोकिएका छन् ।

निवर्तमान मन्त्री पाण्डेले भने रकम कहीँ कतै नलिएको दाबी गरेका छन् । उनले यस विषयलाई अस्वीकार गरेका छन् ।

छानबिन समितिले स्वास्थ्य मन्त्रालयले पछिल्लो २ वर्षमा अस्पताललाई दिएको अनुमति तथा अस्पताल स्तरोन्नतिसम्बन्धी कानुनी व्यवस्था र अभ्यास’bout समेत छानबिन गर्ने जनाएको छ ।

गत २ वैशाखमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद् पुनर्गठन गर्दा काँग्रेस र एमालेका मौजुदा मन्त्रीहरु सबै हटाएर नयाँ मन्त्री नियुक्त गरेका थिए । त्यसबेला एमालेका लक्ष्मणबहादुर पाण्डेलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको थियो । उनीसहित एमालेका ४ जनालाई मन्त्री बनेका थिए । तर उनीहरुले केन्द्रमा एमाले–नेकपाबीच प्रदेश सरकारमा गठबन्धन गर्ने निर्णयसँगै १० भदौमा राजीनामा दिएका छन् ।

उक्त मन्त्रालय मुख्यमन्त्री पाण्डेले नै राखेकोमा गत साता पुनः मन्त्रालयको जिम्मेवारी बाँडफाँड गर्दै ऊर्जा मन्त्री रहेका काँग्रेसका नन्दप्रसाद न्यौपानेलाई भौतिक पूर्वाधार, विकास तथा यातायात व्यवस्था र स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 20 times, 1 visits today)

epaper

ताजा समाचार

शेयर कारोबार पुनः सञ्चालन