काठमाडौं । एमालेको केन्द्रीय कमिटीको बैठकमा उपाध्यक्ष विष्णु पौडेल अध्यक्ष केपी शर्मा ओलीसँग नरम देखिँदा महासचिव शंकर पोखरेल अझै गरम भएका छन । बैठकको प्रस्तुति, हाउभाउ र टिप्पणीले पौडेल ओलीसँग नजिकिएको देखिएको प्रस्ष्ट छ ।
तर अझै पनि खरा शब्दयुक्त टिप्पणीले पोखरेलको ओलीसँग सम्बन्ध सुधारिएको देखिएको छैन । जबकि पौडेल र पोखरेल दुवै महाधिवेशनमा ओली टिमकै पदाधिकारी हुन् । तर, २१ फागुनको चुनावमा एमालेले नमिठो हार व्यहोरेपछि पौडेल र पोखरेल ओलीविरुद्ध एक ठाउँमा उभिएका थिए ।
दोस्रो दिनको सुरुमै बोल्दै उपाध्यक्ष पौडेलले निर्वाचनको वस्तुनिष्ठ विश्लेषण गर्दै कमजोरीलाई सुधार्नुपर्ने पनि बताएका छन । ‘बैठकमा सबै जना जिम्मेवार ढंगले प्रस्तुत हुनुपर्छ । यो बैठक मुलुकको भविष्यसँग जोडिएको छ । भदौ २३–२४ को आन्दोलन, सुशीला कार्कीको सरकार र त्यो सरकारले सम्पन्न गरेको निर्वाचन सामान्य थिएन,’ पौडेलले बैठकमा भनेका छन्, ‘त्यो निर्वाचनबाट हामीले ठूलो असफलता बेहोर्नु पर्यो ।
निर्वाचनको वस्तुनिष्ठ र सापेक्षिक रूपमा बाह्य र आन्तरिक कारणहरूको विश्लेषण गरेर हाम्रा आफ्ना कमीकमजोरीहरूलाई सुधार गर्नुपर्दछ ।’ यसअघि खरो रूपमा नेतृत्वविरुद्ध मत जाहेर गर्ने गरेका पौडेल मंगलबारको केन्द्रीय कमिटीमा अलि नरम भएर प्रस्तुत भएका छन् ।
प्रस्तुतिमा उनी आलोचनात्मक समर्थनमा देखिएका छन् । पार्टीमा उठेको पुनर्गठन प्रतिवेदनको विवादले आन्तरिक राजनीति पेचिलो बनिरहँदा पौडेलले घुमाउरो हिसाबले ओलीको प्रतिवेदनलाई उचित मानेका छन् । ‘आगामी कार्यभार अध्यक्षले प्रस्तुत गर्नुभएको प्रतिवेदनमा ठीक ढंगले आएको छ ।
संविधान र लोकतन्त्रको रक्षा गर्न पार्टीलाई बलियो र एकताबद्ध गर्दै अरू पार्टीहरूलाई पनि गोलबन्द गर्दै जानुपर्दछ,’ पौडेलले भनेका छन् । तर मूल पुनर्गठन प्रतिवेदनको पेचिलो विवाद’bout पनि पौडेलले अप्रत्यक्ष टिप्पणी गरेका छन् ।
सम्बन्धित समाचार
एमाले विवादः बल्थली बैठक असफल, प्रतिवेदन मिलाउन अर्को कार्यदल
मलाई पदको लोभ छैन, महाधिवेशन गरेरै नेतृत्व हस्तान्तरण गर्छु: देउवा
रवि लामिछानेले बोलाए सर्वदलीय बैठक
रास्वपा सभापति लामिछानेको आह्वानमा सर्वदलीय बैठक बस्दै
सिंहदरबारमा सर्वदलीय बैठक सुरु
नेपालको संविधानको १२ वर्षः असन्तुष्टि उस्तै, कार्यभार अपुरै
नेपाली कांग्रेसको वडा अधिवेशन ७३ जिल्लामा सम्पन्न, बाँकी भाेली हुने
प्रधानमन्त्री–प्रधानसेनापतिबीच अर्थपूर्ण भेटवार्ता






