काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमाले वरिष्ठ नेता मनोनीत भएकी छन् । एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले पूर्वराष्ट्रपति भण्डारीलाई वरिष्ठ नेताको जिम्मेवारी प्रदान गरेको हो ।
यस्तै, बैठकले १० प्रतिशत सदस्य कोटामा २१ जनालाई केन्द्रीय सदस्यमा मनोनयन प्रस्ताव गरेको छ । सचिवालय बैठकमा अध्यक्ष केपी ओलीले प्रस्ताव गरेका नाम केन्द्रीय कमिटीमा प्रस्ताव भएको हो । यीबाहेक थप केही नेताहरुको नाम केन्द्रीय कमिटीबाट अनुमोदन हुनेछ ।
केन्द्रीय सदस्यमा मनोनीत हुनेमा देवराज घिमिरे, काशीनाथ अधिकारी, शिवमाया तुम्वाहाङ्फे, विमला घिमिरे, हरि घिमिरे, प्रेम दंगाललगायत छन् ।
केन्द्रीय कमिटी बैठकले ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, देवराज घिमिरे, काशीनाथ अधिकारीलगायतलाई स्थायी समिति सदस्यमा मनोनयन गरेको छ ।
तपाइको प्रतिक्रिया
(Visited 68 times, 1 visits today)
सम्बन्धित समाचार
प्रधानमन्त्रीको न्युयोर्क भ्रमण, जलवायु न्याय र विपद्को क्षतिपूर्ति प्रमुख प्राथमिकतामा
देउवा समूहले अलग्गै महाधिवेशन गर्ने, गगन थापाको अफर अस्वीकार
संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ : प्रधानमन्त्री
एमाले कार्यदलको तेस्रो प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय गायब
प्रदीपलाई छाडेर शंकर रोज्दा ओलीको दाँतमा ढुंगो !
अमेरिका जानुअघि प्रधानमन्त्रीले भेटे विश्वप्रकाश र भीष्मराज
कांग्रेसको वडा अधिवेशन : ६३ जिल्लामा सम्पन्न
संसद् बैठकमा रचना खतिवडा किन राेइन धुरुधुरु…






