काठमाडौं । अविरल वर्षाका कारण पृथ्वी राजमार्ग र बिपी राजमार्ग अवरूद्ध भएपछि काठमाडौंबाट बाहिरिने सवारीहरू बल्खु र कोटेश्वरमा रोकिएका छन् ।
पृथ्वी राजमार्गअन्तर्गत धादिङ जिल्लाका विभिन्न सात स्थानमा पहिरो खसेको छ । सात ठाउँमध्ये दुई स्थानमा सडक पूर्ण रूपमा अवरुद्ध छ भने अन्य ठाउँमा राजमार्ग एकतर्फी रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
पृथ्वी राजमार्गको कृष्णभिर, परेवाभिर, ज्यामिरेघाट, जहरे, जवाङखोला, तिगराङ खोला र कमेरेभिरमा पहिरो खसेको छ । सोही कारण अहिले यातायातका साधन ठप्पप्राय: छन् ।
यस्तै, काभ्रेको नमोबुद्ध नगरपालिकास्थित चौकीडाँडामा रोशी खोलाले सय मिटर जति अस्थायी डाइभर्सन बगाएपछि राजमार्ग अवरुद्ध छन् । सिन्धुलीबाट आएका गाडी चौकीडाँडाको पूर्वतर्फ र काठमाडौंबाट गएका गाडी भकुण्डेबेसीमा रोकिएका छन् ।
तपाइको प्रतिक्रिया
(Visited 69 times, 1 visits today)
सम्बन्धित समाचार
सडकपेटीमा सुत्केरी : अस्पतालमा काममा खटिएका छ जना कर्मचारी निलम्बित
विपद्को पीडामा खल्लो बन्दै तीज
ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा
बसाइँसराइ रोक्न छथर जोरपाटीले अघि सार्यो ‘सुरक्षित आवास’ कार्यक्रम
जनकपुरमा मध्यराति आगलागी हुँदा एक जनाको मृत्यु, विद्युत् सर्ट भएको आशंका
गन्दुरामले मध्यराति गरे श्रीमतीको हत्या, अनि आफैले दिए प्रहरीलाई जानकारी
वायुसेवा निगममा अर्को अनियमितताः बिना प्रतिस्पर्धा मलेसियामा क्रु ट्रान्सपोर्ट छनोट
काठमाडौं जोड्ने राजमार्ग बन्द, रोकिए सार्वजनिक बस






