इटहरी । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सुनसरी क्षेत्र नं. २ बाट पेशागत कोटातर्फ महाधिवेशन प्रतिनिधिका लागि पवन अधिकारीले दाबी प्रस्तुत गरेका छन् । दुई दशक लामो पत्रकारिता अनुभव, पत्रकारिता क्षेत्रको नेतृत्वदायी भूमिका र सार्वजनिक संस्थामा काम गरेको अनुभवलाई आधार बनाउँदै अधिकारीले महाधिवेशन प्रतिनिधिमा आफ्नो दाबी अघि सारेका हुन् ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लक्षित गर्दै उनले पेशागत क्षेत्रबाट प्रतिनिधित्वको आकांक्षा व्यक्त गरेका हुन् । १४ औँ महाधिवेशनमा पनि महाधिवेशन प्रतिनिधिका उम्मेदवार रहेका अधिकारी यसपटक पनि उम्मेदवारको दाबी गर्दै अघि बढेका छन् ।
अधिकारी १४ औँ महाधिवेशनमा झिनो मतान्तरले पराजित भएका थिए । अघिल्लो महाधिवेशनको अनुभव र त्यसबेला प्राप्त मतलाई आफ्नो राजनीतिक यात्राको महत्त्वपूर्ण आधारका रूपमा लिएका उनले यसपटक पनि पेशागत क्षेत्रबाट प्रतिनिधित्वको दाबी गरेका हुन् ।
नेपाल प्रेस युनियन सुनसरीका पूर्व अध्यक्षसमेत रहेका अधिकारी पत्रकारिता क्षेत्रबाट नेपाली कांग्रेसको संगठनात्मक राजनीतिमा सक्रिय रहँदै आएका छन् । पत्रकारितामा लामो समय बिताएका उनले सञ्चार क्षेत्रका समस्या, पत्रकारका पेसागत सवाल तथा आमनागरिकका मुद्दालाई नजिकबाट बुझ्ने अवसर पाएका छन् ।
पत्रकारिता क्षेत्रमा रहेर समाजका विभिन्न वर्ग र समुदायका आवाजलाई सार्वजनिक बहसमा ल्याउँदै आएका अधिकारीले महाधिवेशन प्रतिनिधिका रूपमा पनि पेशागत क्षेत्रको अनुभवलाई पार्टीको नीतिगत छलफलमा जोड्न सक्ने आधार प्रस्तुत गरेका छन् । अधिकारीले दुई दशकभन्दा लामो समय पत्रकारिता क्षेत्रमा बिताएका छन् । यस अवधिमा उनले समाजका विभिन्न विषय, नागरिकका समस्या र सार्वजनिक सरोकारका मुद्दालाई समाचारका माध्यमबाट उठाउँदै आएका छन् ।
पत्रकारिताको मूल मर्मअनुसार समाजका भुइँमान्छेका कथा, उनीहरूले भोगिरहेका समस्या र राज्यका निकायसम्म पुग्न नसकेका आवाजलाई सार्वजनिक बहसमा ल्याउने काममा आफू संलग्न रहेको उनको पेसागत पृष्ठभूमि छ । पत्रकारितामा लामो समय बिताएका अधिकारीले सञ्चार क्षेत्रका चुनौती, पत्रकारको पेसागत सुरक्षा, अभिव्यक्ति स्वतन्त्रता र नागरिकको सूचनाको हकजस्ता विषयलाई नजिकबाट अनुभव गरेका छन् । पत्रकारिता क्षेत्रको यही अनुभवलाई उनले पार्टीको महाधिवेशनमा पेशागत प्रतिनिधित्वको आधार बनाएका छन् ।
पेसागत कोटाबाट महाधिवेशन प्रतिनिधि चयन गर्दा पार्टी नेतृत्वले सम्बन्धित क्षेत्रमा गरेको योगदान, अनुभव र सक्रियतालाई प्राथमिकता दिनुपर्ने अधिकारीको धारणा छ । पत्रकारिता क्षेत्रबाट पार्टी र समाजमा योगदान पुर्याउँदै आएका व्यक्तिको अनुभवलाई महाधिवेशनमा प्रतिनिधित्व गराउनु आवश्यक रहेको उनको भनाइ छ । खासगरी प्रेस युनियन कांग्रेसको शुभेच्छुक संस्था हो ।
विज्ञापन बोर्डको सदस्यसम्मको जिम्मेवारी
पत्रकारितासँगै विज्ञापन क्षेत्रको नीतिगत तथा संस्थागत जिम्मेवारीमा समेत अधिकारीले काम गरिसकेका छन् । उनी नेपाल सरकारको मन्त्रीस्तरीय निर्णयबाट विज्ञापन बोर्डको सदस्यमा नियुक्त भएका थिए । विज्ञापन बोर्डको सदस्यका रूपमा जिम्मेवारी सम्हाल्नु उनको पेसागत यात्राको अर्को महत्त्वपूर्ण पक्ष हो । सञ्चारमाध्यम, विज्ञापन बजार र सार्वजनिक सञ्चार नीतिसँग सम्बन्धित विषयमा काम गर्ने अवसर पाएका अधिकारीले यस क्षेत्रको अनुभवसमेत बटुलेका छन् ।
त्यसअघि उनी नेपाल विज्ञापन संघ कोशी प्रदेशका अध्यक्षसमेत भइसकेका छन् । पत्रकारिता र विज्ञापन क्षेत्र दुवैमा काम गरेको अनुभवका कारण सञ्चार क्षेत्रका विभिन्न पक्षसँग उनको व्यावसायिक सम्बन्ध रहँदै आएको छ । पत्रकारिता, सञ्चार क्षेत्रको संगठनात्मक नेतृत्व र विज्ञापन क्षेत्रको संस्थागत जिम्मेवारीमा प्राप्त अनुभवलाई अधिकारीले आफ्नो उम्मेदवारीको आधारका रूपमा प्रस्तुत गरेका छन् ।
अधिकारीको दाबीलाई पार्टीको स्थानीय नेतृत्वले कसरी सम्बोधन गर्छ भन्ने विषय भने महाधिवेशन प्रतिनिधि चयनको प्रक्रियासँग जोडिएको छ । पेसागत क्षेत्रबाट पार्टीमा योगदान पुर्याएका अधिकारीको दाबीले सुनसरी क्षेत्र नं। २ मा महाधिवेशन प्रतिनिधि चयनको बहसलाई थप चासोपूर्ण बनाएको छ ।
सम्बन्धित समाचार
मोरङ क्षेत्र नम्बर ६ मा वडा अधिवेशन रोकिँदा सहमहामन्त्री डिला संग्रौलामाथि प्रश्न
उदयपुरका आठवटै पालिकामा कांग्रेसको नयाँ नेतृत्व चयन
विराटनगर कांग्रेस वडा अधिवेशनमा दुई पक्षबीच कुटाकुट
बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद भविष्यका लागि होः प्रधानमन्त्री
एमाले विवादः बल्थली बैठक असफल, प्रतिवेदन मिलाउन अर्को कार्यदल
मलाई पदको लोभ छैन, महाधिवेशन गरेरै नेतृत्व हस्तान्तरण गर्छु: देउवा
रास्वपा सभापति लामिछानेको आह्वानमा सर्वदलीय बैठक बस्दै
सिंहदरबारमा सर्वदलीय बैठक सुरु






