काठमाडौं । वर्षाको कारण श्रीलंकासँगको खेल रद्द हुँदा नेपाली क्रिकेट टोली जापानमा जारी २०औँ एसियाली खेलकुदको क्वार्टरफाइनलबाटै बाहिरिएको छ । भारी वर्षाले खेल प्रभावित हुँदा नेपाल खेल्दै नखेलिकन नै अन्तिम आठबाट बाहिरिएको हो ।
जापानको करोगी एथलेटिक पार्कमा हुने भनिएको खेल वर्षाका कारण टससमेत हुन सकेन । नेपाल एसियाडबाट बाहिरिँदा श्रीलंका भने वरीयताको आधारमा सेमिफाइनलमा पुगेको छ । आईसीसी वरीयतामा श्रीलंका नवौँ र नेपाल १४औँ स्थानमा छ ।
खेल रद्द भएको अवस्थामा आईसीसी वरीयताको शीर्ष स्थानमा रहने टोली अघिल्लो चरणमा पुग्ने आधार बनाइएको छ ।
श्रीलंकाले अब सेमिफाइनलमा साविक विजेता भारतको सामना गर्नेछ ।
यसअघि सन् २०२४ को टी२० विश्वकपमा पनि नेपाल र श्रीलंका एकै समूहमा रहे पछि वर्षाको कारण खेल रद्द भएको थियो ।
जापानमा पछिल्लो समय भारी वर्षा भइरहेको छ । वर्षाका कारण नै यसअघि पनि २ क्वार्टरफाइनल खेल रद्द भएका थिए । वर्षाकै कारण सोमबार हुने भनिएको पाकिस्तान र हङकङ तथा भारत र अफगानिस्तान बीचको क्वार्टरफाइनल खेल पनि रद्द भएको थियो ।
पहिलो र दोस्रो क्वार्टरफाइनल खेल रद्द भएपछि आईसीसी वरीयताको आधारमा पाकिस्तान र भारतले सेमिफाइनलमा स्थान बनाएका छन् । टी–२० वरियतामा पाकिस्तान छैटौँ र भारत शीर्ष स्थानमा छन् ।
सम्बन्धित समाचार
मकाउका खेलाडीलाई हराउँदै खगेन्द्र एसियाली खेलकुदको अन्तिम १६ मा प्रवेश
एसियन गेम्समा पुरुष क्रिकेटमा नेपालले अफगानिस्तानलाई ५ विकेटले हरायो
वर्षाले नेपाल र जापानबीचको खेल रद्द, नेपाल समूह विजेता बन्दै क्वार्टरफाइनलमा
भोटेकोशी बाढीमा ३४ देशका ६०७ विदेशी पर्यटक बेपत्ता, कुन देशका कति ?
इभी गाडी दुर्घटना हुँदा ४ जनाको घटना स्थलमै मृत्यु
करदाता प्रोत्साहन उपहार : भदौ महिनाको यी हुन् ३३ विजेता
भोटेकोशी बाढी प्रभावित ‘होल्डिङ सेन्टर’ छाडेर क्रमशः कोठातिर
आज दिउँसो ३ बजे मन्त्रिपरिषद् बैठक बस्दै





