काठमाडौँ । एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वाटरफाइनलमा प्रवेश गरेको छ । वर्षाका कारण खेल रद्द भएसँगै नेपालले समूह विजेता बनेर क्वाटरफाइनलमा स्थान बनाएको हो ।
टस हारेर ब्याटिङमा उत्रिएको नेपालले १५ ओभरमा झारिएको खेलमा ४ विकेट गुमाउँदै १५० रनको लक्ष्य दिएको थियो । तर वर्षाका कारण जापान जवाफी ब्याटिङमा उत्रन पाएन र खेल रद्द गरियो ।
योसँगै नेपाल २ खेलबाट ३ अंकसहित समूह विजेताका रूपमा क्वाटरफाइनल प्रवेश गर्यो । नेपालले हिजो शुक्रबार भएको खेलमा अफगानिस्तानलाई ५ विकेटले हराएको थियो ।
क्वाटरफाइनलमा नेपालले श्रीलंकासँग खेल्नेछ । अफगानिस्तानले भारतसँग खेल्नेछ । खेल मंगलबार बिहान पौने ६ बजे सुरु हुनेछ ।
तपाइको प्रतिक्रिया
(Visited 45 times, 1 visits today)
सम्बन्धित समाचार
मकाउका खेलाडीलाई हराउँदै खगेन्द्र एसियाली खेलकुदको अन्तिम १६ मा प्रवेश
एसियन गेम्समा पुरुष क्रिकेटमा नेपालले अफगानिस्तानलाई ५ विकेटले हरायो
आजको विदेशी मुद्राको विनिमयदर : अमेरिकी डलर, जापानी येन, थाई भाट र चिनियाँ युआनको मुद्रा स्थिर
सरकारको प्रतिगामी कदम धेरै टिक्दैन : अध्यक्ष ओली
क्यालेन्डरमा नेपाल ई-स्पोर्ट्स लिग
जलवायु मुद्दामा छलफल गर्न ४२१ स्थानीय तह जोमसोममा
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भ्रमणका लागि भारत प्रस्थान
काठमाडौंबाट १ किलो ४ सय ग्राम अवैध सुन बरामद, एक जना पक्राउ






