एसियन गेम्समा पुरुष क्रिकेटमा नेपालले अफगानिस्तानलाई ५ विकेटले हरायो

काठमाडौं । एसियन गेम्स प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा नेपालले अफगानिस्तानलाई ५ विकेटले पराजित गरेको छ ।

जापानको निशिनस्थित कोरोगी स्पोट्र्स पार्कमा टस जितेर ब्याटिङमा उत्रिएको अफगानिस्तानले नेपाललाई २० ओभरमा ७ विकेट गुमाएर १०२ रनको लक्ष्य दिएको थियो । नेपालले १७.२ ओभरमा ५ विकेट गुमाएर १०३ रनको लक्ष्य पूरा गरेको थियो ।

यो खेलमा सन्दीप जोराले सर्वाधिक ३४ रन बनाउँदा रोहित पौडेल ३३ रनमा नटआउट रहे । यस्तै, दीपेन्द्रसिंह ऐरीले १५ रन बनाएका थिए ।

उता, अफगानिस्तानका लागि फैसल खान अहमदजाइ र नाजिबुल्लाह जाद्रनले ३०–३० रन जोड्दा नान्गेलिया खान १७ रनमा अविजित रहे । यीबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बलिङतर्फ नेपालका कुशल भुर्तेलले चार तथा ललित राजवंशीले तीन विकेट लिए ।

समूह ‘ए’ मा रहेको नेपालको यो पहिलो खेल हो । नेपालले भोलि बिहान पौने ६ बजे जापानसँग खेल्ने छ । नेपालले भोलि जापानलाई पराजित गरे श्रीलंकासँग र जापानसँग हारे भारतसँग अर्काे खेल खेल्नेछ ।

पुरुष क्रिकेटमा १० टोली सहभागी छन् । भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकालाई सीधै क्वाटरफाइनलमा राखिएको छ । समूह ‘बी’ मा मलेसिया, हङकङ र ओमान रहेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 2 times, 1 visits today)

epaper

ताजा समाचार

एसियन गेम्समा पुरुष क्रिकेटमा नेपालले अफगानिस्तानलाई ५ विकेटले हरायो