विदेश पठाइदिने भन्दै झण्डै ३५ लाख रुपैयाँ ठगी गर्ने चार जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै ३४ लाख ८९ हजार रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बेलायत, रोमानिया, अष्ट्रेलिया, क्यानडा र पोल्याण्ड पठाइदिने भन्दै रकम उठाउनेलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकका वीरेन्द्र तामाङ, मकवानपुरका कमलप्रसाद गौतम, अछामका गणेशबहादुर बुढा र रामेछापका बद्रिकुमार तामाङ छन् ।

प्रहरीका अनुसार तामाङले बेलायत पठाइदिने भन्दै नौ लाख, गौतमले रोमानिया पठाइदिने भन्दै एक लाख, बुढाले अष्ट्रेलिया र क्यानडा पठाइदिने भन्दै तीन लाख तथा बद्रिकुमारले पोल्याण्ड पठाइदिने भन्दै २१ लाख ८९ हजार रुपैयाँ ठगी गरेको उजुरी प्राप्त भएको जनाइएको छ ।

प्रहरीले चारै जनालाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको जनाएको छ । पक्राउ परेका उनीहरूलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि आज बुधबार वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 3 times, 1 visits today)

epaper

ताजा समाचार

विदेश पठाइदिने भन्दै झण्डै ३५ लाख रुपैयाँ ठगी गर्ने चार जना पक्राउ