फेवातालमा फसेका ७ जनाको सशस्त्र प्रहरीद्वारा सकुशल उद्धार


काठमाडौं । कास्की जिल्लाको पोखरा महानगरपालिका–६ लेकसाइडस्थित फेवातालमा फसेका ७ जनाको सशस्त्र प्रहरीले शनिबार साँझ सकुशल उद्धार गरेको छ । अचानक आएको हावाहुरी तथा पानीको कारण चितवनबाट घुम्न आएका ७ जना आन्तरिक पर्यटक चढेको प्याडल बोट डुंगा बाँध्ने डोरीको जालोमा परी उनीहरू उक्त तालमा अलपत्र परेका थिए ।

खबर पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल फेवाताल वाच एन्ड रेस्क्यु टावरबाट खटिएको टोलीले उनीहरूको सकुशल उद्धार गरेको हो ।

यसैगरी सोही महानगरपालिका–३२ स्थित बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका एक जनाको शव सशस्त्र प्रहरीको गोताखोरले फेला पारेको छ । सल्यान घर भई हाल पोखरा महानगरपालिका–१४ खसीबजार बस्ने २५ वर्षीय नरेश विक शनिबार साँझ उक्त तालमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए । घटना’bout जानकारी पाएलगत्तै सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट गोताखोरसहितको विपद् व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरी तत्काल परिचालन भएको थियो ।

परिचालित टोलीले खोजीकार्य गर्दा तालको करिब २५ फिट गहिराइबाट बेपत्ता पुरुषको शव फेला पारी पोस्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानतर्फ पठाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 22 times, 1 visits today)

epaper

ताजा समाचार

ऐतिहासिकस्थलमा भोलि कांग्रेसको १५औँ महाधिवेशन हुँदै