सुर्खेत । आगामी मंसिर १६–२७ गतेम्म कर्णाली प्रदेशमा दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता हुने भएको छ । कर्णाली प्रदेशको सुर्खेत, बाँके, दैलेख, सल्यान, कालीकोटमा प्रतियोगिता हुने प्रस्ताव गरिएको छ । प्रतियोगितामा ३२ खेल समावेश हुनेछन् ।
आइतबार सुर्खेत आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता हुने स्थान र खेल’bout जानकारी दिइयो । प्रतियोगितामा एथलेटक्स, कुस्ती, कबड्डी (महिला र पुरुष), व्याडमिण्टन, बक्सिङ, कराते, बास्केटवल (महिला र पुरुष), फुल कन्टपाक्ट कराते, आईटिएफ तेक्वान्दो, शारीरिक सुगठन, क्रिकेट (महिला र पुरुष), टेबल टेनिस, फुटवल (महिला र पुरुष), बुद्धिचाल, ह्याण्डबल (महिला र पुरुष) समावेश छन् ।
यस्तै, सुर्खेतमा हक्की (महिला र पुरुष), जुडो, ई स्पोट्स, खो खो (महिला र पुरुष), स्क्वास, रग्वी (महिला र पुरुष), सुटिङ, पौडी, साईक्लिङ, तेक्वान्दो, टेनिस, नेपालगन्ज, भलिवल (महिला र पुरुष), आर्चरी, उसु, जिमन्याष्टिक, भारोत्तोलन र सेपाकताको खेल समावेश हुनेछ ।

सम्बन्धित समाचार
मकाउका खेलाडीलाई हराउँदै खगेन्द्र एसियाली खेलकुदको अन्तिम १६ मा प्रवेश
एसियन गेम्समा पुरुष क्रिकेटमा नेपालले अफगानिस्तानलाई ५ विकेटले हरायो
वर्षाले नेपाल र जापानबीचको खेल रद्द, नेपाल समूह विजेता बन्दै क्वार्टरफाइनलमा
वर्षा बाधक बन्दा श्रीलंकासँगको खेल रद्द, एसियन गेम्स क्रिकेटबाट नेपाल बाहिरियो
विश्वकप क्रिकेट लिग–२ का लागि नेपाली टोलीको घोषणा, को को परे ?
मोरङ–१ कांग्रेस अधिवेशनमा जिल्ला सभापति लिम्बू र चाम्लिङबीच धकेलाधकेल
राष्ट्रपतिद्वारा संघीय संसदको चालू अधिवेशन अन्त्य
सात महिनामा पनि भेटेन सरकारले ‘योग्य सांसद’





