आदर्शले जित्यो सातौँ पुल्चोक कपको उपाधि

गुल्मी । सातौँ पुल्चोक कप, जिल्लास्तरीय छात्रा फुटबल प्रतियोगिताको उपाधी आदर्श विद्या आश्रमले जितेको गरेको छ । शनिबार रेसुङ्गा नगरपालिकाको उनायचौर खेलमैदानमा सम्पन्न फाइनल खेलमा लिटिल स्टार बोर्डिङ्ग स्कूललाई १–० गोलले हराउदैँ आदर्शले कक्षा १० सम्मको प्रतियोगिताको उपाधी जितेको हो ।

आदर्शका लागि प्रियंका शाहीले निर्णायक गोल गरिन् । उपाधी जितेसँगै आदर्शले नगद ३५ हजार ५५५ का साथै शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । त्यसैगरी द्धितिय हुने लिटिल स्टारले नगद २५ हजार ५५५ का साथै शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । त्यसैगरी कक्षा ११ र १२ तर्फको फुटबलमा सिद्धबाबा मावि विजयी भएको छ । सिद्धबाबाले नगद ११ हजार १११ प्राप्त गरेको छ भने उपविजेता महेन्द्र माविले मेडल तथा प्रमाणपत्र प्राप्त गरेको क्लवका महासचिव उमेश पाण्डेले जानकारी दिए ।

प्रतियोगितामा उत्कृष्ट गोलकिपरको रुपमा आदर्श विद्या आश्रमकी अप्सना खत्री, वेष्ट डिफेन्डरमा आदर्शकै रियाना गुरुङ, सबैभन्दा धेरै गोल गर्ने लिटिल स्टारकी सुस्मिता थापा, प्लेयर अफ द टुर्नामेन्टमा लिटिल स्टारकी स्मृति राना, इनर्जेटिक प्लेयरको रुपमा आदर्शकी सुप्रभा खड्का, योङ्गेष्ट प्लेयर अफ द टुर्नामेन्टमा ब्रिलियन्ट युनाइटेडकी सुप्रिमा श्रेष्ठ रहेका छन् । प्रतियोगिताभर उत्कृष्ट खेल प्रदर्शन गर्ने आदर्श विद्या आश्रमकी स्मृती रानाले ओमकार नामको साइकल प्राप्त गरेकी छिन् ।

असौजको ६ गतेबाट सुरु भएको प्रतियोगिता असौज १० गते सम्पन्न हुनुपर्नेमा बर्षाले गर्दा खेल सारिएको थियो । प्रतियोगिताको उपाधी हाँसिल गरेको आदर्श विद्या आश्रमका प्रिन्सिपल राजु कुँवरले विद्यार्थीहरुको लगनशिलता, कडा मिहिनेत र अनुशासन एवं खेल शिक्षकको अहोरात्र खटाइले सफलता हाँसिल गरेको बताए । पुल्चोक कपका विगतका अधिकाशं प्रतियोगितामा उप विजेतामै सिमित आदर्श विद्या आश्रमले पहिलोपटक प्रतियोगिताको उपाधी जितेको हो ।

जिल्लामा छात्रा फुटबलको सम्भावनालाई उजागर गर्नको लागि पुल्चोक स्पोर्ट क्लवले प्रत्येक बर्ष जिल्लास्तरीय छात्रा फुटबल प्रतियोगिताको आयोजना गर्दै आएको छ । विगतका बर्षहरुमा कक्षा १० सम्मको मात्रै प्रतियोगिता आयोजना गर्दै आएको क्लवले यस बर्ष भने कक्षा ११ र १२ को चार विद्यालयबीच छुट्टै प्रतिस्पर्धा गराएको थियो ।

विभिन्न बर्षमा पुल्चोक कप खेलेका छात्राहरु हाल फुटबलको राष्ट्रिय टिम, विभिन्न क्लव र विभिन्न ठाउँमा प्रशिक्षकको भूमिकामा समेत रहेको क्लवका पूर्व अध्यक्ष अर्जुन न्यौपानेले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 18 times, 1 visits today)

epaper

ताजा समाचार

एक्स्ट्रिम इनर्जी ड्रिङ्क र नेपाली क्रिकेट टोलीका ९ खेलाडीबीच सम्झौता