पाल्पा । अविरल बर्षासँगै आएको पहिरोले रिव्दीकोट गाउँपालिका ६ ठिमुरे गोलखानमा दुई घर पुरिएको छ । शुक्रबार दिउँसो २ बजेतिर घरमाथिबाट आएको पहिरोले केशुराम सारु र रामबहादुर उचैको घर पुरेको थियो ।
पहिरोमा परी केशुरामको श्रीमती ५९ बर्षिया कृष्णकुमारी सारु वेपत्ता भएको वडाध्यक्ष प्रकाश रायमाझीले जानकारी दिए । लगातार बर्षा भइरहेकाले वेपत्ता भएकी महिलाको खोजी गर्न समेत कठिन भएको छ । जनपथ प्रहरी र सशस्त्र प्रहरीको टोली महिलाको खोजमा लागेको छ ।
हार्थाेक–छहरा खण्डको कुसुमखोलामा सडक अवरुद्ध भएकाले प्रहरी घटनास्थलमा पुग्न कठिन भएको छ । पहिरोमा परिवारका अन्य सदस्य भागेर ज्यान जोगाउन सफल भएका छन् । जिल्ला प्रहरी कार्यालय पाल्पाले पहिरोले घर पुरिएको र महिला कृष्णकुमारी वेपत्ता भएको पुष्टि गरेको छ ।
तपाइको प्रतिक्रिया
(Visited 70 times, 1 visits today)
सम्बन्धित समाचार
थारू समुदायमा अट्वारीको रौनक
तीजको कोसेलीः कर्णालीको स्याउ
भेरी अस्पतालमा शव राख्न सकिने नयाँ शवगृह बन्ने
बाँकेमा ६०७ हेक्टर बढी वनक्षेत्र अतिक्रमण
सशस्त्रद्वारा पश्चिम नवलपरासीबाट ८० लाख बढीको मोबाइल पार्ट्स् बरामद
पाल्पा भालेबासमा जीप दुर्घटना, एक जनाको मृत्यु ५ जना घाइते
बालकृष्ण खाँण उभिए गगनको पक्षमा
सडक र विद्यालय बन्द, दर्जनौ बस्ती जोखिममा






