काठमाडौं । गृहमन्त्री सुधन गुरुङको पहिलो विदेश भ्रमण भारत हुने भएको छ । उनी असोज २६ गते भारतको नयाँदिल्ली जाने भएका छन् ।
गृह मन्त्रालय र नयाँदिल्लीस्थित नेपाली दूतावासका अनुसार उनी बिमस्टेक सदस्य राष्ट्रका गृहमन्त्रीहरूको पहिलो बैठकमा सहभागी हुनेछन् ।
गृहमन्त्री नियुक्त भएपछि गुरुङको यो पहिलो विदेश भ्रमण हुनेछ । भ्रमणको क्रममा उनको भेट भारतका गृहमन्त्री अमित शाहसँग असोज २७ गते तय भएको छ।
प्रधानमन्त्री बालेन्द्र शाह बालेनको भारत भ्रमणको तयारी चलिरहेका बेला गृहमन्त्री गुरुङ भारत जान लागेका हुन् । प्रधानमन्त्री बालेन आगामी मंसिर ६ र ७ गते भारत भ्रमणमा जाने भएका छन् ।
तपाइको प्रतिक्रिया
(Visited 47 times, 1 visits today)
सम्बन्धित समाचार
भोटेकोशी बाढी अध्ययन गर्न १५ सदस्यीय संसदीय विशेष समिति गठन
न्युयोर्कबाट प्रधानमन्त्री बालेनको सन्देश : तीन दिनसम्म विशेष सतर्कता अपनाऔं
बालेनलाई अमेरिकी अधिकारीले किन स्वागत गरेनन् ?
एमालेमा विद्यादेवी भण्डारी दोस्रो वरीयताक्रममा रहने
कांग्रेस महाधिवेशन उद्घाटन समारोहमा रवि, केपी र प्रचण्डलाई आमन्त्रण
कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज हुँदै, उल्लासपूर्ण सहभागिताका लागि देउवाको अपिल
कांग्रेसविरोधी गतिविधिमा लाग्नेलाई अनुशासन समितिले कडा कारबाही गर्ने
कांग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार रुपैयाँ पुरस्कार





