काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको ५ निर्णय सार्वजनिक भएको छ । सरकारका प्रवक्ता सस्मित पोखरेलले उक्त निर्णय सार्वजनिक गरेका हुन् ।
मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरूः
१ नगरपालिकाहरूमा स्वच्छ ऊर्जा रूपान्तरणलाई प्रवर्द्धन गर्ने कार्यक्रमका लागि नर्वेजियन सरकारबाट प्राप्त हुने करिब १० करोड नेपाली रुपियाँ बराबरको अनुदान सहायता प्राप्त गर्न स्वीकृति दिने।
२ नेपाल इन्जिनियरिङ सेवा (गठन, समूह तथा श्रेणी विभाजन र नियुक्ति) (दोस्रो संशोधन) नियमहरू, २०८३ स्वीकृत गर्ने।
३ वैकल्पिक विकास वित्त परिचालन नियमावली, २०८३ स्वीकृत गर्ने।
४ जेन-जी आन्दोलनसँग सम्बन्धित घटनामा फौजदारी अभियोजन भएका मुद्दा फिर्ता गर्न सकिने नसकिने सम्बन्धमा छानबिन गरी सिफारिस गर्न पूर्व न्यायाधीश बाबुराम रेग्मीको अध्यक्षतामा गठित समितिले पेश गरेको प्रतिवेदन आवश्यक कार्यार्थ गृह मन्त्रालयमा पठाउने।
५ सहसचिव (प्रा.) पद्म कुमार मैनालीलाई नेपाल इन्जिनियरिङ सेवा समूहीकरण तर्फको सचिव पदमा बढुवा गरी पूर्वाधार विकास मन्त्रालयमा पदस्थापन गर्ने।
सम्बन्धित समाचार
पेरिसडाँडामा नेकपाको केन्द्रीय संयोजन समितिको बैठक
एमाले केन्द्रीय कमिटी बैठकद्वारा अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित
राजनीतिक विश्लेषक भरत दाहाललाई थुनामुक्त गर्न सर्वोच्चको आदेश
देउवा कांग्रेसले महाधिवेशनमा पदाधिकारीको उम्मेदवार बन्न तोक्यो शुल्क
मोरङ–१ कांग्रेस अधिवेशनमा जिल्ला सभापति लिम्बू र चाम्लिङबीच धकेलाधकेल
सात महिनामा पनि भेटेन सरकारले ‘योग्य सांसद’
कांग्रेस महाधिवेशन प्रतिनिधिको दर्ता प्रक्रिया पार्टी कार्यालयमा शुरू
संसद् सत्ताको छायाँमा परेको एमाले निष्कर्ष





