काठमाडौँ । नेपाली सेनाले देशका ३२ जिल्लामा रहेका आफ्ना ब्यारेकका लागि सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी)बाट नियमित रूपमा दूध तथा दुग्धजन्य पदार्थ खरिद गर्ने भएको छ।
सेना र डीडीसीबीच दूध तथा दुग्धजन्य पदार्थ खरिद–बिक्रीसम्बन्धी सम्झौता भएसँगै संस्थानले सेनाका ब्यारेकमा दैनिक १० हजार २५१ लिटर प्रशोधित दूध आपूर्ति गर्नेछ। सम्झौताअनुसार वार्षिक रूपमा ३७ लाख ४१ हजार ५०६ लिटर दूध आपूर्ति हुनेछ।
दूधसँगै डीडीसीले सेनालाई ठूलो परिमाणमा अन्य दुग्धजन्य पदार्थसमेत उपलब्ध गराउनेछ। दैनिक ३६५ किलो दही आपूर्ति गर्ने सम्झौता भएको छ। यसअनुसार वार्षिक एक लाख ३३ हजार ५२२ किलो दही सेनाले डीडीसीबाट खरिद गर्नेछ।
त्यस्तै, दैनिक ३७ किलो पनिर, २१ किलो होल मिल्क पाउडर र १५ किलो चिज आपूर्ति गर्ने सम्झौता भएको छ। वार्षिक रूपमा १३ हजार २४० किलो पनिर, सात हजार ४४१ किलो होल मिल्क पाउडर र पाँच हजार २७८ किलो चिज आपूर्ति गर्ने सम्झौतामा उल्लेख छ।
सम्झौता पत्रमा नेपाली सेनाका तर्फबाट आपूर्ति तथा परिवहन निर्देशनालयका रथी सञ्जयकुमार रञ्जित र दुग्ध विकास संस्थानका तर्फबाट महाप्रबन्धक डा. शरणकुमार पाण्डेले हस्ताक्षर गरेका छन्।
सम्झौतासँगै सेनाका ३२ जिल्लास्थित ब्यारेकमा आवश्यक दूध तथा दुग्धजन्य पदार्थको नियमित आपूर्ति डीडीसीमार्फत हुने भएको छ।
सम्बन्धित समाचार
आजदेखि एक हजार दरका नयाँ नोट बजारमा, यस्ता छन् विशेषता
एक्स्ट्रिम इनर्जी ड्रिंक र द लोकलको सहकार्यमा इन्द्रजात्रामा विशेष सांस्कृतिक कार्यक्रम
प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड जम्मा
होण्डाले ल्यायो चाडपर्व लक्षित ‘FESTIVE OFFER HONDA को सफर’, नयाँ कार किन्दा १० लाख रुपैयाँसम्मको आकर्षक छुट
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
निर्माणाधीन ट्रान्समिसन लाइनको अवरोध फुकाउँदै ऊर्जा मन्त्रालय, १२ प्रसारण लाइनको काम यसै वर्ष सकिने
११.९६ अंकले बढ्यो नेप्से, कारोबार रकम ३ अर्बमै सीमित





