काठमाडौं । प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा हाल साढे १५ अर्ब रुपैयाँ मौज्दात रहेको छ।
प्रधानमन्त्री कार्यालयका अनुसार गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि राहत र उद्धारका लागि आह्वान गरिएको कोषमा कुल १५ अर्ब ५३ करोड २४ लाख ४२ हजार ९२६ रुपैयाँ मौज्दात छ।
कोषमा जम्मा भएको रकममध्ये नौवटा वाणिज्य बैंकका खाताहरूमा ११ अर्ब ६३ करोड ८० लाख ९८ हजार २९१ रुपैयाँ मौज्दात छ। यस्तै, दुई वटा वाणिज्य बैंकमा २५ करोड ४ लाख ७१ हजार ५४६ अमेरिकी डलर मौज्दात छ।
बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धारका लागि यस कोषबाट एक अर्ब रुपैयाँ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा निकासा भइसकेको छ।
तपाइको प्रतिक्रिया
(Visited 5 times, 1 visits today)
सम्बन्धित समाचार
वित्तीय अनुशासन र कर्मचारी व्यवस्थापन सुधार प्रयासमा मधेस
भोटेकोशी बाढी प्रभावितका लागि दूरसञ्चार प्राधिकरणद्वारा १५ करोड सहयोग
शुक्रबार घटेको सुन–चाँदीको भाउ आज बढ्यो, कतिमा भइरहेको छ कारोबार ?
प्रधानमन्त्री राहत कोषमा मौज्दात १४ अर्ब पुग्यो
ऊर्जामन्त्री श्रेष्ठको दक्षिण कोरिया भ्रमण रद्द
बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको ९ करोड २५ लाख सहयोग
अर्थमन्त्री डा. वाग्लेले आज भारतीय उद्योगपतिहरूसँग छलफल गर्दै, नेपालमा लगानी गर्न आह्वान गर्ने
टंगालको भाटभटेनी सुपरस्टोर आजदेखि पुन: सञ्चालन






