राजविराज । रसुवास्थित भोटेकोशीको बाढीमा परी ज्यान गुमाएका तथा लामो समय देखि बेपत्ता भएका मध्ये अधिकांशका परिवारजनले आ–आफ्नो परम्परा अनुसार अन्त्येष्टि गरे । तर, राजविराज नगरपालिका १६ वोरिया स्थित सदाबस्तीका तीन परिवारले बेपत्ता भएका आफन्त जिबित्तै फर्केर आउने अझै आश मारेका छैन् ।
घट्नाको बुधबार ४१औं दिन पुगिसक्दा पनि उनीहरु अन्त्येष्टिका कुनै रितिरिवाज गरेका छैनन् । उक्त बस्तीका ३२ बर्षीय सुरेन्द्र सदा, ३० बर्षीय शिवकुमार सदा र ३४ बर्षीय बेचन सदा गत भदौ १० को बाढीमा परी बेपत्ता छन् ।
परिवारका एक÷एकजना व्यक्ति हालसम्म बेपत्ता रहेकोमा उनीहरु फर्केर आउने प्रतिक्षामा रहेका कारण अन्त्येष्टिको तत्काल कुनै योजना नराखेका हुन् ।
४१ दिन बितिसक्दा पनि वोरियाका तीन सदा परिवार भने आफन्त अझै फर्कने आशमा, दरोपती भन्छिन्– ”१२ बर्षमा खोलो पनि फर्किन्छ भनिन्छ, श्रीमान् पनि त्यसै गरी फर्किनुहुन्छ“
बाढीमा श्रीमान् सुरेन्द्र बेपत्ता भएपनि उनकी धर्मपत्नी दरोपती अझै १०–१२ बर्ष बाटो हेरेर मात्र अन्त्येष्टि’bout सोच्ने बताउँछिन् । उनी भन्छिन्–१२ बर्षमा खोलो पनि फर्किन्छ भन्छन्, “मेरो श्रीमान् पनि त्यस अवधि सम्ममा फर्कि आउनुहुन्छ भने मलाई विश्वास छ ।”
दुईसाता अघि बजारबाट बच्चाका लागि औषधि किनेर घर फर्किने क्रममा दरोपती चढेको सिटीरिक्सा दुर्घट्नामा पर्दा उनको बाँयाँ खुट्टामा गहिरो चोट लागेको छ । बैशाखी टेकेर हिडडुल गर्दै आएकी उनले भनिन्–आफू माथि एकपछि अर्को पीडा थपिदै गएपनि भगवानले मेरो सुहागको रक्षा गरि दिउन भनी प्रार्थना भने जारी नै छ ।
दरोपतिको छिमिेकी गुडिया सदाको श्रीमान् शिवकुमार सदा पनि सोही बाढीमा परी बेपत्ता भएकोमा अहिले सम्म अवस्था पत्ता लाग्न सकेको छैन् । उनले पनि श्रीमान् फर्केर आउने आश मारिसकेकी छैनन् । “अझै एक–डेढ बर्ष बाटो हेर्छु त्यसपछि मात्र जे गर्नुपर्छ गरौंला ।”
त्यस्तै अर्का छिमेकी सुभाष र निभा दाजु बहिनीको आमा फुलिया देवी सदाको क्यान्सार रोगबाट एक बर्ष अघि मृत्यु भएकोमा अहिले रसुवाकै बाढीमा बुवा बेचन सदा समेत बेपत्ता हुँदा झनै पीडा थपिएको छ ।
बुवा फर्केर आउनु हुने प्रतिक्षामा रहेका ती नवालक दाजु बहिनीले एकै स्वरमा भने–बेपत्ता हुनु भएका हाम्रो बुवा एक न एक दिन अवश्य फर्केर आउनुहुन्छ ।
प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाका अनुसार रसुवाको बाढीमा परेर सप्तरीबाट मात्रै ५३ जना बेपत्ता भएका थिए । जसमध्ये एक जनाको मृत्यु भएको, ११ जनाको सँकुशल उद्धार गरिएको तथा ४१ जना अझै सम्पर्क बिहीन रहेका छन् ।
प्रहरी तथ्याँक अनुसार रसुवाको बाढीमा मधेश प्रदेशमा सबभन्दा बढी सप्तरीमा ४१ जना अहिले पनि सम्पर्क बिहीन छन् । त्यसपछि क्रमशः पर्सा, बारा, सर्लाही, रौतहट, महोत्तरी, धनुषा र सिरहाका मानिस सम्पर्क बिहीनको सूचीमा देखिएका छन् ।
सम्बन्धित समाचार
रास्वपा नेताको घरमा छापा : भन्सार छलीका ५० लाखभन्दा बढीका मोबाइल पार्ट्स बरामद
राष्ट्र बैंकद्वारा छ लघुवित्त वित्तीय संस्थालाई कारबाही
इलाम कांग्रेसमा ३ जना २१ वर्षमुनिका क्षेत्रीय प्रतिनिधि
दशैँअगाडि नै शिक्षा नियमावलीको एघारौँ संशोधन टुंग्याउन शिक्षामन्त्रीको निर्देशन
बीसौँ एसियाली खेलकुद : महिला कबड्डीमा नेपाललाई कास्य पदक
‘लभ एन्ड वार’ बाट आलिया र रणवीरको पहिलो झलक सार्वजनिक
हर्क साम्पाङकी जेठी पत्नी दिलमायालाई अंश दिन अदालतको फैसला
चोलेन्द्रशमशेरलाई भेट्न नदिने एसएसपी सन्तोष खड्कालाई बयानका लागि बोलाइयो





