बुढानीलकण्ठबाट २१ किलो सुन बरामद

काठमाडौं । काठमाडौंको बुढानीलकण्ठबाट प्रहरीले २१ किलो सुन बरामद गरेको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बुढानीलकण्ठस्थित चपलीबाट आज बिहीबार यति धेरै परिमाणको सुन बरामद गरेको हो ।

बरामद सुनमध्ये ११ किलो तयारी अवस्थामा रहेको र १० किलो प्रशोधन गर्ने गरी राखिएको अवस्थामा भेटिएको स्रोतको भनाइ छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख सन्तोष खड्काको कमान्डमा गएको प्रहरी टोलीले करिब ५ घण्टाको अपरेसनपछि सुनसहित आधा दर्जन चिनियाँ नागरिकलाई पक्राउ गरेको जनाइएको छ । उनीहरूको साथबाट सुन पगाल्ने मेसिन, सुन जोख्ने उपकरण आदिसमेत बरामद गरेको छ ।

प्रहरीले सुन कहाँबाट आएको र कति जना पक्राउ परेको भन्ने विस्तृतमा जानकारी दिएको छैन ।

सुन बरामद’bout जानकारी दिन प्रहरीले भोलि शुक्रबार दिउँसो १ बजे पत्रकार सम्मेलन आयोजना गरेको छ ।

यसअघि २०८० साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार पार गरिसकेको अवस्थामा ’ब्रेक सु’भित्र ६० किलो सुन बरामद भएको थियो । त्यसअघि २०७४ सालमा सुन तस्करका भरिया सनम शाक्य मारिएपछि एउटै समूहले चार वर्षमा ३८ क्वीन्टल सुन तस्करी गरेको खुलेको थियो । यूएईबाट विमानस्थल हुँदै आएको सुन भारत जाने गरेको थियो ।

नेपालमा बरामद हुने अधिकांश सुन भारततर्फ तस्करी हुने गरेको छ । नेपाली नागरिक भरिया र व्यवस्थापकका रुपमा प्रयोग हुने गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 91 times, 1 visits today)

epaper

ताजा समाचार

अख्तियारद्वारा नापी अधिकृत वलीविरुद्ध आरोपपत्र दायर