काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा १३ जना मनोनीत भएका छन् । शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको स्थायी कमिटी बैठकले ७ निर्णयसहित १३ जना नेतालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको हो ।
मनोनीत हुनेमा तेजेन्द्र केसी, मीनप्रसाद गुरुङ, सिर्जना राई, पुष्पा केसी भण्डारी, सावित्रा अर्याल, इन्दु कडरिया, सीता पंगेनी, सीता अधिकारी, धर्मनाथप्रसाद साह, तेजमान कन्दङ्वा, टंक आङबुहाङ्ग, नवीन रोका मगर र डबल पाण्डे छन् ।
बैठकले मंसिर पहिलो साता पार्टीको राष्ट्रिय भेला गर्ने भएको छ । राष्ट्रिय भेलामा प्रदेश कमिटीका पदाधिकारी, जिल्ला कमिटीका पदाधिकारी, पालिका कमिटीका अध्यक्ष, उपाध्यक्ष र सबै तहका जनप्रतिनिधिहरूको सहभागिता रहने जनाइएको छ । बैठकले २६ मंसिरमा पार्टीका वडास्तरका कमिटीहरूको अधिवेशन र ४ पुसमा नगर र गाउँपालिका तहका कमिटीहरूको अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ ।
साथै पालिका र वडा अधिवेशन सकिएपछि प्रदेशस्तरीय भेला आयोजना गर्ने निर्णय समेत बैठकले गरेको छ ।

सम्बन्धित समाचार
सत्ताको ‘तारो’मा अब व्यवस्थापिका पूर्वप्रमुख !
कांग्रेस महाधिवेशन दुई दिन पछि धकेलियो
दीपक मनांगे देउवा कांग्रेस प्रवेश, मनाङमा महाधिवेशन गर्ने जिम्मा
कांग्रेसको अन्तिम केन्द्रीय समिति बैठक सम्पन्न, नेतृत्वदेखि विधान संशोधनसम्मका विषय समेटिए, बन्दसत्रमा पेश हुने
कांग्रेस सभापतिमा ३ जनाको उम्मेदवारी, वरिष्ठ र महिला उपाध्यक्ष निर्विरोध
गगनलाई २ नेताको टक्कर, विश्वप्रकाश र पुष्पा निर्विरोध
कांग्रेस नयाँ नेतृत्व चयनका लागि बिहीबार बिहान १० बजेदेखि मतदान





