काठमाडौं । गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीबाट भएको क्षतिप्रति जय नेपाल पार्टीले दुःख व्यक्त गरेको छ।
पार्टीले बाढीका कारण ठूलो मात्रामा भौतिक संरचनामा क्षति पुगेको र केही नागरिक सम्पर्कविहीन भएको घटनाप्रति चिन्ता व्यक्त गर्दै प्रभावित परिवारप्रति सहानुभूति जनाएको छ।
जय नेपाल पार्टीले बेपत्ता नागरिकको खोजी तथा उद्धार कार्यलाई तीव्र बनाउन सरकारसँग आग्रह गरेको छ। साथै प्रभावित परिवारका लागि सुरक्षित अस्थायी आश्रय, स्वच्छ खानेपानी, खाद्यान्न, लत्ताकपडा र औषधोपचारको तत्काल व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएको छ।
पार्टीका सचिवालय प्रमुख सगुन सुन्दर लावतीले जारी गरेको विज्ञप्तिमार्फत यस्तो आग्रह गरेका हुन्।
तपाइको प्रतिक्रिया
(Visited 35 times, 1 visits today)
सम्बन्धित समाचार
मध्यराति नियन्त्रणमा लिएर ११ घन्टापछि पूर्वप्रधानन्यायाधीश राणालाई छाडियो
देउवा पक्षले ७७ जिल्लामा महाधिवेशन संयोजक तोक्यो
कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज हुँदै, उल्लासपूर्ण सहभागिताका लागि देउवाको अपिल
कांग्रेसविरोधी गतिविधिमा लाग्नेलाई अनुशासन समितिले कडा कारबाही गर्ने
मोरङ–६ कांग्रेस क्षेत्रीय अधिवेशन बहिष्कार गर्ने सभापति तामाङ पक्षको घोषणा
आगामी आन्दोलनको रणनीति तय गर्न आजपा केन्द्रीय कमिटी बैठक बस्दै
कांग्रेस महाधिवेशनको तयारी पूराः ७ हजार ७ सय प्रतिनिधि सहभागी हुने
कांग्रेस महाधिवेशनमा उम्मेदवारको मनोनयन राष्ट्रिय सभागृहमा






