काठमाडौं । रास्वपा सांसद खगेन्द्र सुनारले बागमती प्रदेशकी पूर्वराज्यमन्त्रीलाई दिएको ज्यान मार्ने धम्की, गालीगलौज र पैसा असुल्ने अडियो एआईबाट निर्मित भएको दाबी गरेका छन् ।
सोमबार दिउँसोदेखि सामाजिक सञ्जालमा सुन्नै नसकिने खगेन्द्र सुनारको अडियो सार्वजनिक भएपछि उनीमाथि कारबाही गर्नुपर्ने भन्दै सरकार र रास्वपालाई चौतर्फी दबाब परेको छ । रास्वपाले सुनारलाई घटनाको निरुपण नभएसम्म सार्वजनिक कार्यक्रममा रोक लगाएको छ ।
रास्वपा अनुशासन आयोगले सुनारलाई २४ घन्टाभित्र लिखित जवाफ पेस गर्न पत्र काटेपछि तराईको अज्ञातस्थलबाट सुनारले भिडियो खिचेर सामाजिक सञ्जालमार्फत भिडियो काल्पनिक महिला र एआई निर्मित भएको दाबी गरेका छन् ।
सुनारले बोलेका पाँच पाँचवटा सक्कली अडियो नै धेरै ठाउँमा म्युट, बीप र एडिट नगरी सुन्नै नसकिने खालका छन् । ठेट नेपाली गालीसहित ज्यान मार्ने धम्की दिइएको छ । जबकि एआईले कसैलाई ज्यान मार्ने र महिला हिंसाको समर्थनसमेत गर्दैन । तर पनि सुनारले बडो कन्फिडेसनका साथ अडियोलाई एआई निर्मित र नक्कली भन्न भ्याइसकेका छन् ।
सोमबार रातिसम्म सुन्नै नसकिने र अश्लील भएको टिप्पणी गर्ने रास्वपा सांसद ज्वाला संग्रौलाले अहिले बोली फेरेकी छन् । तर रास्वपा महामन्त्री विपिनकुमार आचार्य, सचेतक प्रकाशचन्द्र परियारले भने सुनारलाई माफी गर्न नसकिने बताइसकेकमा छन् ।
सम्बन्धित समाचार
कांग्रेस महाधिवेशन दुई दिन पछि धकेलियो
शेखर कोइराला देउवा पक्षको वडा अधिवेशनमा पनि गएनन्
संसद् अन्त्य गरेर अध्यादेशबाट निजामती ऐन ल्याउने तयारी
हिरो देउवा, जिरो देउवा
कांग्रेस १५औँ महाधिवेशनः प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो
आईजीपी कार्कीलाई सांसद खगेन्द्र सुनारको चुनौति– ‘भाइ दम छ भने पक्राउ गरेर देखाउ’
कांग्रेस महाधिवेशन : दिउँसो १ बजे मतदान, राष्ट्रिय सभागृहमा तयारी तीव्र
कांग्रेस महाधिवेशनको मतदान शुक्रबार बिहानदेखि, मतदानकेन्द्र यसरी छुट्टाइएको छ






