कपिलवस्तुमा एक व्यवसायीले गरे आत्मदाहको प्रयास

काठमाडौं । कपिलवस्तुमा एक व्यवसायीले आत्मदाहको प्रयास गरेका छन् । कृष्णनगर नगरपालिका–२ बैंकरोडमा अनुगमनको क्रममा एक व्यवसायीले आफूलाई अन्याय भएको भन्दै आत्मदाहको प्रयास गरेका हुन् ।

लुम्बिनी प्रदेश प्रहरीको विशेष टोलीले ती व्यवसायीको चामल बोकेको पिकअपमा आवश्यक कागजपत्र नभेटेको र आवश्यक कारबाहीका लागि भन्सार बुझाएपछि गल्ला पसल सञ्चालक महेश अग्रहरीले मट्टीतेल छर्केर आगो लगाउने प्रयास गरेको प्रत्यक्षदर्शीको भनाइ छ ।

शरीरभरि मट्टीतेल छर्केर आगो लगाउन थालेका बेला प्रहरीले तत्काल जोगाएपछि बेहोस भएका अग्रहरीलाई उपचारका लागि तौलिहवा अस्पताल हुँदै रुपन्देहीको भैरहवास्थित मेडिकल कलेज लगिएको छ । अग्रहरीले आफूले ल्याएको ६० बोरा चामलको बिल बिजक हुँदाहुँदै चामल प्रहरीले नियन्त्रणमा लिइएको दाबी गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 76 times, 1 visits today)

epaper

ताजा समाचार

लागुऔषध मुद्दामा रास्वपाका नगर सभापति पक्राउ