राजविराज । दुई वर्ष अघि दुर्घटनाग्रस्त कारबाट बरामद गाजा प्रकरणमा मुछिएर प्रहरीको फरार सुचीमा रहेका एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सप्तरीको सुरुङ्गा नगरपालिका वडा नं. ४ का ३८ वर्षिय सब्बिर हुसेन रहेको प्रहरीले जनाएको छ ।
हुसेन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुरुङ्गा नगरपालिकाको नगर समिति सभापति रहेको खुलेको छ । उनलाई बुधवार साँझ छिमेकी जिल्ला सिरहाको लहानबाट खटि आएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रमेश बहादुर पालका अनुसार उनलाई लागू औषध मुद्दामा अनुसन्धानका लागि पक्राउ गरिएको हो । प्रहरीका अनुसार २०८१ मंसिर २९ गते सिरहाको धनगढीमाई नगरपालिका वडा नं. १० स्थित जिरोमाइल भएको सवारी दुर्घटनामा परेको ना३ख ७५९१ नम्बरको कारबाट १ सय ३२ किलो गाजा बरामद भएको थियो ।
अनुसन्धानका क्रममा उक्त प्रकरणमा हुसेनको नाम पनि जोडिए पछि उनको खोजी कार्य तिब्र बनाइएको थियो । पक्राउ परेका हुसेनलाई नियन्त्रणमा राखि थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित समाचार
इटहरीमा सीप तथा रोजगार मेला सुरु
प्रभु साहको राजनीतिक प्रतिवेदनमा के छ ?
श्रीमतीको हत्या आरोपमा मोक्तान पक्राउ
कागज र भाषणमै सीमित नेपाल–भारत मैत्रीपूल
महोत्तरीको विभत्स हत्या प्रकरण : तीनजना पुर्पक्षका लागि जेलमा, एकजनालाई धरौटी
कुशवाहा समाजको अध्यक्षमा १ मतको अन्तरले बाजी मारे रामनारायण
सप्तरी प्रहरीद्वारा शतप्रतिशत उजुरी फछ्र्यौट
विज्ञापन भ्रामकः राजहंस ब्राण्डको चामलमा कम तौल






