शिक्षाविद् रोशनले तयार गरे गाउँको विकासको खाका

राजविराज । गाउँपालिकाको हरेक गतिविधीमा चलायमान देखिने तथा बुद्धिजीवीको रुपमा परिचित रोशन कुमार मंडर गाउँपालिकाका अध्यक्षका आकाँक्षी देखिएका छन ।

मंडर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा आबद्ध छन । सप्तरीको अग्नीसाईर कृष्णासवरण गाउँपालिका ६ महुली निवासी ५६ वर्षिय मंडर कानुनमा स्नातक तथा राजनीति शास्त्रमा एमए गरी समाजसेवामा लागेका हुन । महुली लघुवित्त वितिय संस्था लि.को निर्देशक, प्रमुख कार्यकारिणी अधिकृत, महुली बजार व्यवस्थापन तथा विकास समितिको अध्यक्ष लगायत विभिन्न संघ संस्थामा प्रमुखका रुपमा काम गरिसकेका मंडर यस पल्ट सबैको साथ र गाउँपालिकाको समग्र विकासका लागी आफु अध्यक्ष पदको उम्मेदवार बन्न चाहेको र यसका लागी पार्टीमा तोकिएको मापदण्ड अनुसार आवश्यक प्रकृया पुरा गरी आवेदन दिइसकेको बताएका छन ।

विहीवार संचारकर्मीहरु सित कुराकानी गर्दै उनले अग्नी साईरकृष्णा सबरण गाउँपालिकालाई नमुना गाउँपालिकाको रुपमा विकास र व्यवस्थित निकास दिने उदेश्यका साथ उम्मेदवारको दाबेदारी प्रस्तुत गरेको बताएका छन ।

उनले गाउँपालिकाको विकासका लागी नयाँ खाका समेत सार्वजनिक गरेका छन । यहाँका ८० प्रतिशत जनता कृषि पेशामा लागेको भन्दै उनले आफनो खाकामा कृषिलाई पहिलो प्राथमिक्तामा राखेका छन ।

कुषिलाई रोजगारी संग जोडेर यहाँका जनतालाई आत्मनिर्भर बनाउने र यसका लागी उत्पादन बृद्धि, शितभण्डार र आँपको प्रशोधन केन्द्र निर्माण, पशुपालन, दुधजन्य पदार्थको उत्पादन तथा सहज बजारिकरण लगायतका योजना उनले समेटेका छन ।

यस्तै ५० वर्ष देखी गाउँपालिकामा निरन्तर संचालन हुदै आएको जनचेतना रनिङ्गशिल्ड फुटवल प्रतियोगितालाई अझ व्यापकता प्रदान गर्ने, फुटबल एकेडेमीको स्थापना गर्ने, खेल मैदानको स्तरोन्नती गर्ने, नदी खोलामा तटबन्ध निर्माण र ग्रीन प्लान्टेशन कार्य गर्ने, मठ मन्दिरलाई धार्मिक पर्यटकिय स्थलको रुपमा विकास गर्ने, जंगली हात्ती र बादरको आतंकबाट स्थानीयलाई मुक्ती र भ्रष्टाचार अन्त्य गर्ने लगायतका विषय पनि उनले आफ्नो खाकामा समेटेका छन ।

उनले विगतमा काँग्रेस र एमालेको नेतृत्वमा गाउँपालिकामा चाहेजतीको विकास हुन नसकेको दाबी गर्दै आफुले अवसर पाए जनतालाई प्रत्यक्ष अनुभुती हुने गरी काम गरेर देखाइदिने ठोकुवा समेत गरे ।

्शिक्षण पेशाबाट सेवानिवृत भएका वुआ बद्री र कुनै बेला महिला संगठन सप्तरीको अध्यक्ष रहेकी आमा नयनाको प्रेरणाबाट राजनीतिमा आएको बताएका उनले गाउँलाई विकसित बनाउन सहि ब्यक्ती चयन हुनु आवश्यक रहेको जनाएका छन ।

तपाइको प्रतिक्रिया
(Visited 17 times, 1 visits today)

epaper

ताजा समाचार

भदौमा भित्रियो सवा २ खर्ब रेमिट्यान्स