सप्तरी प्रहरीद्वारा शतप्रतिशत उजुरी फछ्र्यौट

राजविराज । सप्तरी प्रहरीले चालु महिना असोजको २२ दिन भित्र परेका सबै उजुरी फछ्र्यौट गर्न सफल भएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरी तथा मातहतका कार्यालय समेतबाट २०८३ असोज १ देखी असोज २२ गते सम्म सम्पादित विभिन्न कार्य तथा गतिबिधी ’bout जारी प्रगती विवरणले यस्तो तथ्याँक देखाएको हो ।

प्रहरी उपरिक्षक रुपक खडगाका अनुसार यस अवधीमा प्रहरी कार्यालयमा ९९ र जिल्ला प्रशासन कार्यालय मार्फत ९८ गरी कुल १ सय ९७ उजुरी परेका थिए । प्राप्त उजुरी उपर अनुसन्धान तथा सकृयता देखाउदै सबैको फछ्र्यौट गरिएको उनले जानकारी दिए । जनशक्तीका अभावका बीच पनि भएको श्रोत साधानको उच्चतम प्रयोग गरी सबै उजुरी फछ्र्यौट गरी फछ्र्यौट हुन बाकी संंख्या शुन्यमा झारेको उनको भनाई छ ।

यसै अवधीमा अबैध भन्सार छलीका ३ लाख २३ हजार ७ सय ७५ रुपैयाका सरसमान बरामद गरी भन्सार कार्यालयमा बुझाइएको प्रहरी नायब उपरिक्षक हेमराज घिमिरेले जानकारी दिए ।

अहिले चाडपर्वका समय भएकाले २४ बुन्दे सुरक्षा योजना लागु गरी जिल्लाभर ८ सय ९६ प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 7 times, 1 visits today)

epaper

ताजा समाचार

मन्त्री यादवले भने–हल्ला कम काम बढी हुनु प-यो