काठमाडौं । सत्ता घटक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले विवादित अडियो प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्दै पार्टीलाई लिखित जवाफ पठाएका छन ।
एक महिलासँग सांसद सुनारले आपत्तिजनक लाञ्छना लगाउनुको साथै धम्कीपूर्ण भाषा प्रयोगको दाबी गर्दै अडियो सार्वजनिक भएपछि उनी विवादमा मुछिएका छन् । यस प्रकरणमा उठेका प्रश्नको लिखित प्रतिक्रिया दिन रास्वपा केन्द्रीय अनुशासन आयोगले मंगलबार सुनारलाई पत्र पठाएको थियो ।
आयोगमा जवाफ पठाउँदै सुनारले आफूमाथि लगाएको आरोप अस्वीकार गरेको आयोगका एक सदस्यले जानकारी दिएका छन् । आपत्तिजनक तथा धम्कीपूर्ण भाषा प्रयोग गरी महिलासँग ‘ब्ल्याकमेलिङ’ गरेको सुनिने अडियो सोमबार जनआस्थाले सार्वजनिक गरेको थियो ।
उक्त अडियोलाई लिएर चौतर्फी आलोचना बढेपछि रास्वपाले सत्यतथ्य अनुसन्धान गरी छानबिन प्रक्रिया अगाडि बढाउन पार्टी अनुशासन आयोगलाई निर्देशन दिएको थियो । अयोगका उपप्रमुख हरिचन्द्र भट्टराईले पहिलो चरणमा लिखित प्रतिक्रिया लिने काम सम्पन्न भएको र दोस्रो चरणको छानबिन प्रक्रिया अगाडि बढेको बताए ।
सम्बन्धित समाचार
कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज हुँदै, उल्लासपूर्ण सहभागिताका लागि देउवाको अपिल
कांग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार रुपैयाँ पुरस्कार
प्रधानमन्त्री कार्यालयले सार्वजनिक गर्यो भदौ ५ यताका १५ उपलब्धि
असोज २६ गते भारत जाँदै गृहमन्त्री गुरुङ
भीषण वर्षाका कारण कांग्रेसको बन्द सत्र प्रभावित
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति
कांग्रेस महाधिवेशनमा नयाँ नेतृत्वका लागि शुक्रबार बिहान ७ बजेदेखि मतदान हुने
कांग्रेस महाधिवेशनः उपसभापतिमा चन्द्र भण्डारी र महामन्त्री प्रदीप पौडेल धेरै अगाडि






