माउन्ट एभरेस्ट डिस्टिलरीले बजारमा ल्यायो ‘माउन्ट गोल्ड’ र ‘ब्ल्याक पर्ल’

काठमाडौं । माउन्ट एभरेस्ट डिस्टिलरी लिमिटेडले दुई नयाँ प्रिमियम मदिरा ब्रान्ड ‘माउन्ट गोल्ड’ ह्विस्की र ‘ब्ल्याक पर्ल’ भोड्का बजारमा ल्याएको छ।

नेपालमा १८ वर्षदेखि मदिरा उत्पादन गर्दै आएको कम्पनीले दशैंलाई लक्षित गर्दै यी दुई ब्रान्ड सार्वजनिक गरेको हो। कम्पनीका अनुसार दुवै उत्पादन काठमाडौं, पोखरालगायत प्रमुख सहरका छनोट गरिएका बजारमा उपलब्ध गराइनेछ।

‘माउन्ट गोल्ड २५ यूपी प्रिमियम ह्विस्की’ ७५०, ३७५ र १८० मिलिलिटरका बोतलमा उपलब्ध हुनेछ। यसको अधिकतम खुद्रा मूल्य क्रमशः ३ हजार, १ हजार ५०० र ७५० रुपैयाँ तोकिएको छ।

त्यस्तै, ‘ब्ल्याक पर्ल ३० यूपी प्रिमियम भोड्का’ पनि ७५०, ३७५ र १८० मिलिलिटरका बोतलमा उपलब्ध हुनेछ। यसको मूल्य क्रमशः २ हजार ४००, १ हजार २०० र ६०० रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार नयाँ ब्रान्ड सार्वजनिक गर्नुको उद्देश्य प्रिमियम उत्पादनको बजार विस्तार गर्नु र उपभोक्ताको बदलिँदो रुचिअनुसार उत्पादन विविधीकरण गर्नु हो।

कम्पनीले आगामी दिनमा बजारको माग र उपभोक्ताको रुचिलाई ध्यानमा राख्दै उत्पादनका थप विकल्प बजारमा ल्याउने जनाएको छ।

तपाइको प्रतिक्रिया
(Visited 7 times, 1 visits today)

epaper

ताजा समाचार

भदौमा भित्रियो सवा २ खर्ब रेमिट्यान्स