सुदूरपश्चिम प्रदेशसभामा रिक्त सिट संख्या ३ पुग्यो

धनगढी । बजेटप्रति असन्तुष्टि जनाउँदै नेकपा एमालेका सांसद वीरबहादुर थापाले राजीनामा दिएसंगै सुदूरपश्चिम प्रदेशसभामा रिक्त सिट संख्या तीन पुगेको छ । ५३ सदस्यीय प्रदेशसभामा यसअघि नै दुई सांसदको स्थान रिक्त रहेकामा थापाको राजीनामासँगै रिक्त सिट थपिएको हो ।

पूर्वमन्त्रीसमेत रहेका थापा कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा क्षेत्र (१) बाट निर्वाचित भएका थिए। प्रदेश सरकारले ल्याएको बजेटप्रति असन्तुष्टि जनाउँदै उनले सभामुखसमक्ष राजीनामा दिएका थिए।

नेपालको संविधानअनुसार प्रदेशसभा सदस्यले राजीनामा दिएमा निजको स्थान रिक्त हुन्छ । थापाको राजीनामासम्बन्धी जानकारी अब बस्ने प्रदेशसभा बैठकमा सभामुखले सुनाउनेछन् ।

यसअघि डडेल्धुरा निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा क्षेत्र (२) बाट निर्वाचित स्वतन्त्र सांसद तारा जोशीले राजीनामा दिएका थिए । उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए ।

त्यस्तै, कैलाली निर्वाचन क्षेत्र नम्बर ५ को प्रदेशसभा क्षेत्र (२) बाट निर्वाचित नेपाली कांग्रेसका सांसद प्रकाश देउवा पदमुक्त भइसकेका छन् । लगातार प्रदेशसभा बैठकमा अनुपस्थित भएपछि सभामुखले उनलाई पदमुक्त गरेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 8 times, 1 visits today)

epaper

ताजा समाचार

गगन नेतृत्वमा कांग्रेस केन्द्रीय समितिमा ३० डाक्टर र १५ इन्जिनियर निर्वाचित