काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ शृंखलाअन्तर्गत नेपालले आफ्नो अन्तिम खेलमा घरेलु टोली ओमानसँग प्रतिस्पर्धा गर्दैछ । खेल ओमानको अलअमरात क्रिकेट मैदानमा आज बिहान ११ः१५ बजे सुरु हुनेछ ।
नेपालका लागि यो खेल महत्वपूर्ण छ । ओमानलाई पराजित गर्नसके नेपालले लिग–२ को शीर्ष छ स्थान सुरक्षित गर्दै सोझै एकदिवसीय अन्तरराष्ट्रिय मान्यता जोगाउन सफल हुनेछ । अन्यथा नेपालले एकदिवसीय मान्यता जोगाउन विश्वकप क्वालिफायर प्लेअफ खेल्नुपर्नेछ ।
शृंखलाको पछिल्लो खेलमा क्यानडाविरुद्ध २४ रनले पराजित भएपछि नेपाल तालिकाको सातौँ स्थानमा झरेको थियो । छैटौँ स्थानमा रहेको क्यानडाभन्दा नेपालको नेट रनरेट राम्रो रहेकाले खेल रद्द भएर एक अंक पाए पनि नेपाल शीर्ष ६ मा पुग्ने सम्भावना छ । तर, ओमानमा वर्षाको सम्भावना न्यून रहेकाले नेपाल जितकै लक्ष्यमा मैदान उत्रनेछ ।
नेपालले यसअघि शृंखलाको दोस्रो खेलमा ओमानलाई ११३ रनले पराजित गरेको थियो । अब नेपाली टोली सोमबार पनि उत्कृष्ट प्रदर्शन गरेर ओमानविरुद्ध जित दोहो¥याउन चाहन्छ ।
एकदिवसीय अन्तरराष्ट्रियमा नेपाल र ओमानबीच हालसम्म १२ खेल भएका छन् । जसमा दुवैले समान ६–६ खेल जितेका छन् । पछिल्ला तीन भेटमा भने नेपालले ओमानलाई पराजित गरेको छ ।
सम्बन्धित समाचार
कर्णालीमा हुने १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको यस्तो छ भव्य तयारी
एनपीएलको तयारी अन्तिम चरणमा
लुम्बिनी लायन्सको अफिसियल फुड पार्टनरमा बिर्यानी विस्ट्रो
लिग-२ क्रिकेट: नेपालद्वारा क्यानडा पराजित
ओमानविरुद्ध नेपालको सानदार जीत
९ दिनमै क्यान बाेर्ड सदस्यबाट गुञ्जन शाहलाई हटाइयो
क्यानको पछिल्ला कामबाट आईसीसी प्रभावित छ: पारस खड्का
राष्ट्रिय फुटबलर विमल घर्ती मगरद्वारा सन्न्यासको घोषणा





