९ दिनमै क्यान बाेर्ड सदस्यबाट गुञ्जन शाहलाई हटाइयो

काठमाडौं । गुञ्जन शाहलाई नियुक्त भएको  नाै दिनमै नेपाल क्रिकेट संघ (क्यान) को बोर्ड सदस्यबाट हटाइएकाे छ ।

‎प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निर्देशनपछि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले उनलाई बुधबारदेखि लागू हुने गरी क्यानको बोर्ड सदस्यबाट फिर्ता बोलाएको हो।

‎गत असोज १९ गते क्यानको बोर्ड सदस्यमा नियुक्त शाहको मनोनयनलाई लिएर खेल क्षेत्र र सरकारी अधिकारीबाट समेत असन्तुष्टि प्रकट भएको थियो। ‎क्रिकेटको नीतिगत ज्ञान र व्यवस्थापकीय अनुभव नभएको व्यक्तिलाई नेपाली क्रिकेटको नियमनकारी संस्थाको बोर्डमा पठाइएको भन्दै उनको नियुक्ति’bout प्रश्न उठेको थियो।
‎
‎राखेपको सदस्यसचिवस्तरीय निर्णयबाट असोज १९ गते गरिएको मनोनयनको समाचार सार्वजनिक भएपछि उनको नियुक्ति’bout आलोचना सुरू भएको थियो। ‎आफ्नो नियुक्तिपत्र क्यानका उपाध्यक्ष रोशन सिंहलाई गुञ्जनले बुझाउँदै गरेको तस्बिरसमेत सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो।

तपाइको प्रतिक्रिया
(Visited 28 times, 1 visits today)

epaper

ताजा समाचार

खगेन्द्र सुनारले पार्टी अनुशासन आयोगलाई पठाएको लिखित जवाफमा के छ ?