काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै खेलमा ‘डिसिजन रिभ्यु सिस्टम’ (डीआरएस) प्रविधि प्रयोग गरिने भएको छ । मंगलबार विज्ञप्ति जारी गर्दै नेपाल क्रिकेट संघ (क्यान) ले प्रतियोगिताका सम्पूर्ण खेलमा डीआरएस लागू गर्ने निर्णयसँगै खेल सञ्चालनको समय समेत संशोधन गरेको जानकारी दिएको छ ।
क्यानले जारी गरेको विज्ञप्तिअनुसार सिद्धार्थ बैंक एनपीएलको तेस्रो संस्करण आगामी अक्टोबर २६ देखि नोभेम्बर २१, २०२६ सम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सञ्चालन हुनेछ ।
प्रतियोगिताका सबै खेलमा डीआरएस प्रयोग गरिने भएपछि खेलाडीले मैदानमा रहेका अम्पायरको निर्णयमाथि पुनरावलोकनको माग गर्न सक्नेछन् । विशेषगरी एलबीडब्लू र क्याचसम्बन्धी निर्णयको समीक्षा गर्न यो प्रविधि उपयोगी मानिन्छ । डीआरएसको प्रयोगले अम्पायरको निर्णय प्रक्रियालाई थप पारदर्शी र विश्वसनीय बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
साथै संशोधित तालिकाअनुसार एकै दिन दुई खेल हुने अवस्थामा पहिलो खेल दिउँसो १२ः३० बजे र दोस्रो खेल साँझ ५ बजे सुरु हुनेछ । त्यस्तै, एक दिनमा एउटा मात्र हुने अवस्थाको खेल भने साँझ ५ बजेबाट सञ्चालन गरिनेछ ।
सम्बन्धित समाचार
आईसीसी विश्वकप लिग–२ एकदिवसीय क्रिकेट : नेपालले क्यानडासँग खेल्दै, शीर्ष ६ मा स्थान सुरक्षित गर्ने अवसर
अन्तर्राष्ट्रिय अभ्यासविपरीत ४० दिनमै खोज–उद्धार स्थगित
एनपीएलको तयारी अन्तिम चरणमा
लुम्बिनी लायन्सको अफिसियल फुड पार्टनरमा बिर्यानी विस्ट्रो
कांग्रेसमा गगनको दोस्रो इनिङ
सशस्त्र प्रहरीको चाडपर्व विशेष सुरक्षा लागू, २८ हजार जनशक्ति परिचालित
शिक्षकलाई सवारी किन्न सरकारले ब्याज तिरिदिने, मावि प्रथमलाई ५० लाख र द्वितीयलाई ४० लाख रुपैयाँसम्म
विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म गगन थापाको यात्रा






