काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सम्पूर्ण खेलले अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को आधिकारिक ‘लिस्ट ए टी–२०’ मान्यता पाउने भएका छन् ।
नेपाल क्रिकेट संघ (क्यान) का अनुसार यही कात्तिक ९ गतेदेखि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय, अन्तरराष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन हुने एनपीएलका सबै खेलले उक्त मान्यता भएका हुन् ।
आईसीसीको ‘लिस्ट ए टी–२०’ मान्यता प्राप्त भएपछि एनपीएलका खेलमा खेलाडीले गरेको प्रदर्शन आधिकारिक टी–२० तथ्यांकमा समावेश हुनेछ ।
‘लिस्ट ए टी–२०’ को आधिकारिक मान्यता प्राप्त गरेको हुँदा यसले नेपाली क्रिकेटको विकास, व्यावसायिकता तथा अन्तरराष्ट्रिय पहिचान अभिवृद्धिमा थप योगदान पुर्याउने क्यानका सचिव पारस खड्काले बताए ।
एनपीएलको तेस्रो संस्करण कात्तिक ९ देखि मंसिर ५ गतेसम्म सञ्चालन हुनेछ । यसपालि पनि लिगमा आठवटा टोलीले प्रतिस्पर्धा गर्ने छन् ।
सम्बन्धित समाचार
एनपीएलको तेस्रो संस्करणलाई आईसीसीको औपचारिक मान्यता
बेनी–जोमसोम–कोरला सडक : मर्मतका लागि प्रमुख चुनौती मानिएको कुनौटा भिरमा मार्ग छिचोलियो
‘अनलाइन’बाट बिजुलीको बिल तिर्ने ग्राहकलाई अब विशेष सुविधा
फुट्छ, फेरि जोडिन्छ ८० वर्षे कांग्रेस
नेकपा केन्द्रीय कार्यसंयोजन समिति बैठक सुरु, झलनाथ गएनन्
नेकपाले कात्तिक ७ देखि मंसिर २५ सम्म राष्ट्रिय जागरण अभियान चलाउने
सुन्दरहरैंचाबाट २४ जना कोरियाली नागरिक पक्राउ, धार्मिक गतिविधिवारे अनुसन्धान हुँदै
भारतमा ठूलो प्रदर्शनअघि ‘कक्रोच’ आन्दोलनका प्रमुखसहित तीन नेता पक्राउ






