शिल गरिएको चैनपुरको प्राथमिक स्वास्थ्य केन्द्र बुधबारबाट खुल्यो

संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिका–६ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा एक जना विरामीको मृत्यु भएपछि शिल गरिएको थियो । स्वास्थ्य केन्द्र मृत्यु भएका झापा ३५ बर्षीय याम बहादुर कार्कीको पिसीआर रिपोर्ट नेगेटि भएपछि शिल गरिएको प्राथमिक स्वास्थ्य केन्द्र बुधबारबाट खुलाइएको चैनपुर –६ वडाअध्यक्ष तथा स्वास्थ्य केन्द्र अध्यक्ष नेत्र बहादुर डाँगीले जानकारी दिए ।

३५ बर्षीय कार्की उपचारकै क्रममा सोमबार स्वास्थ्य केन्द्रमा मृत्यु भएको थियो । उनी कोराना संक्रमित भएको हुन सक्ने आशंकामा स्वास्थ्य केन्द्र शिल गरेको थियो । उनको स्बाभ परिक्षणका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको थियो । कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएपछि प्राथमिक स्वास्थ्य केन्द्र मृत्यु भएका कार्कीको शव उठाउन दिइएको थिएन ।

उनलाई ज्वरो, रुघाखोकी, स्वासप्रस्वास समस्या देखिएको थियो । एक सातादेखि बिरामी भएका कार्कीलाई सोमबार विहान अस्पताल भर्ना भएका हुन् । उनको शव बुधबार बिहान परिवारको जिम्मा लगाइएको वडाअध्यक्ष तथा स्वास्थ्य केन्द्र अध्यक्ष डाँगीले बताए । बिरामीको शंकास्पद मृत्यु भएपछि प्राथमिक स्वास्थ्य केन्द्रले दैनिक प्रदान गर्ने बन्द गरिएको थियो । बन्द रहेको सम्पूर्ण सेवा बुधबारबाट सुचारु गरिएको स्वास्थ्य केन्द्र जनाएको छ ।
.

तपाइको प्रतिक्रिया
(Visited 533 times, 1 visits today)

epaper

ताजा समाचार

विष्णुमतीपछि बागमती नदीले पनि जल सतह सतर्कता तह पार गर्‍यो, बिहानसम्म उच्च सतर्क रहन अनुरोध