काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) सिजन ३ को पहिलो खेलमा साविक विजेता लुम्बिनीले विजयी सुरुवात गरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा सोमबार भएको खेलमा लुम्बिनीले सुदूरपश्चिम रोयल्सलाई सात विकेटले पराजित गरेको हो ।
टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको लुम्बिनीले सुदूरपश्चिमलाई १७ ओभरमा ८७ रनमै अलआउट गरेको थियो । जवाफी ब्याटिङमा उत्रिएको लुम्बिनीले ९.५ ओभरमै ८८ रन बनाउँदै लक्ष्य पूरा गरेको छ ।
लुम्बिनीका लागि सर्टले ४० र आरिफ शेखले ३२ रनको योगदान गरे । श्रीलंकन खेलाडी डिकेवालाले सात रन बनाए । मंगलबार दुई खेल आयोजना हुनेछन् । पहिलो खेलमा १२ः३० बजे विराटनगर किंग्स र चितवन राइनोज तथा दोस्रो ५ बजे हुने खेलमा कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुनेछन् ।
तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)
सम्बन्धित समाचार
राष्ट्रिय फुटबलर विमल घर्ती मगरद्वारा सन्न्यासको घोषणा
पाकिस्तानका कप्तान फरहानले कर्णाली याक्सबाट एनपीएल खेल्ने
आजदेखि एनपीएल, प्रधानमन्त्रीले दिए शुभकामना
सुन चाँदीको मूल्य ओरालो लाग्ने क्रम जारी, आज पनि उल्लेख्य रुपमा घट्यो
मुख्यसचिव कार्कीकाे जागिर जाने भएपछि रोकियो संघीय निजामती अध्यादेश
लगातार घटेको सुन चाँदीको मूल्य आज बढ्यो
मधेस सरकारबाट एमाले बाहिरियो, चार मन्त्रीले दिए राजीनामा
गृहमन्त्री गुरुङद्वारा तलेजु भवानी र जीवित देवी कुमारीको दर्शन





