काठमाडौं । रियादस्थित नेपाली दूतावासले साउदी अरबमा रहेका सम्पूर्ण नेपाली नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
दूतावासले मंगलबार सूचना जारी गर्दै साउदी अरबमा बसोबास तथा रोजगारी गरिरहेका नेपालीलाई सुरक्षा सावधानी अपनाउन, आधिकारिक निर्देशन पालना गर्न र अपुष्ट सूचना नफैलाउन अनुरोध गरेको हो ।
दूतावासले विशेषगरी सुरक्षा सतर्कतासम्बन्धी चेतावनी जारी भएको समयमा अनावश्यक रूपमा बाहिर ननिस्कन आग्रह गरेको छ । स्थानीय प्रशासन तथा सम्बन्धित आधिकारिक निकायबाट जारी हुने सूचना नियमित रूपमा हेर्न र सुरक्षा निर्देशन पालना गर्नसमेत सुझाव दिएको छ ।
दूतावासले साउदी अरबको सुरक्षा अवस्थासम्बन्धी आधिकारिक निकायबाट पुष्टि नभएका समाचार, सूचना, तस्बिर तथा भिडियो सामाजिक सञ्जालमा नराख्न आग्रह गरेको छ । अपुष्ट सामग्री सेयर वा पोस्ट गर्दा भ्रम फैलिन सक्ने भएकाले आधिकारिक स्रोतबाट प्राप्त जानकारीलाई मात्र विश्वास गर्न दूतावासले अनुरोध गरेको हो ।
दूतावासले साउदी अरबबाट नेपाल वा अन्य मुलुकमा हवाई यात्रा गर्ने तयारीमा रहेका नेपालीलाई समेत विशेष सावधानी अपनाउन भनेको छ । यात्रा गर्नुअघि आफ्नो उडानको निर्धारित तालिकामा परिवर्तन भए–नभएको सम्बन्धित वायुसेवा कम्पनी वा आधिकारिक स्रोतबाट पुष्टि गर्न दूतावासले आग्रह गरेको छ । उडानको अवस्था यकिन गरेर मात्र विमानस्थलतर्फ प्रस्थान गर्न सुझाव दिइएको छ ।
हुथी विद्राेही समूहकाे आक्रमणका कारण साउदी अरबमा तनाव बढेकाे छ ।
सम्बन्धित समाचार
शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?
कांग्रेसको खस–आर्य सहमहामन्त्रीमा मनोजमणिको अग्रता कायमै
देउवा समूहमा पालिका प्रमुख–उपप्रमुख तथा सङ्घ र प्रदेश सांसद स्वतः महाधिवेशन प्रतिनिधि
आश्विन शुक्ल नवमी : महानवमी पर्व मनाइँदै
तीन हजार ५८५ यात्रुलाई प्रहरी र सशस्त्रको निःशुल्क बस सेवा
दसैँमा पनि रोकिएन विदेशिने युवाको लर्को, रोजगारीको खोजीमा बिदेसिँदै नेपाली
औषधि पसलबाट लागूऔषध कारोबार, सञ्चालिका पक्राउ
गुल्मीमा स्कारपियो दुर्घटना : ६ जनाको मृत्यु, ३ जना घाइते






