काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले बराह सहकारी अपचलन र ठगीका मुख्य योजनाकार शिवबहादुर विश्वकर्मा लामिछानेलाई पक्राउ गरेको छ।
लामिछाने धरानस्थित बराह बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष तथा बराह ग्रुप अफ कम्पनिजका प्रमुख हुन् । लामिछाने पक्राउ परेको जानकारी भने गृहमन्त्री सुधन गुरुङले दिएका छन् । गुरुङले बुधबार दिउँसो सामाजिक सञ्जाल फेसबुकमार्फत उनको पक्राउ’bout जानकारी गराएका हुन् ।
६ वर्षअघि धरानमा सेभ घोपा अभियान सञ्चालनको क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको बेथिति विरुद्ध बोल्दा सुनिएका पूर्वका बचतकर्ताहरूको त्यो पीडाले आफूलाई सधैँ झकझकाइरहेको भन्दै गुरुङले पूर्वेलीलाई न्याय मिल्ने उल्लेख गरेका छन् ।
‘अभियन्ता हुँदा वा जेनजी आन्दोलनपश्चातका प्रयासहरूमा तत्काल केही गर्न नसके पनि, गृहमन्त्रीको जिम्मेवारी सम्हालेकै दिनदेखि डे वानबाटै पूर्वका नागरिकको पीडालाई न्याय दिन खोजीलाई तीव्र पारिएको थियो।
अन्तत: पाँच अर्ब ८८ करोडभन्दा बढीको बिगो हिनामिनाका मुख्य योजनाकारलाई कानुनी कठघरामा उभ्याउन सफल भएका छौं र क्रमबद्ध रूपमा अब बाँकी दोषीहरूलाई खोजी तथा कारबाहीको प्रक्रिया तीव्र बनाउने सम्पूर्ण जनमानसमा जानकारी गराउन चाहन्छु,’ गृहमन्त्रीले भनेका छन् ।
सम्बन्धित समाचार
कांग्रेस शीर्ष नेताको आकस्मिक बैठक
भारतीय विदेश सचिव मिश्रीले प्रधानमन्त्री बालेन भेटेको तस्बिर सार्वजनिक गर्न रोक
गगनलाई देउवाले भने: ‘१८ करोडमा कांग्रेस बेच्नेले पार्टी जोगाउन सक्दैन’
यस्तो छ कर्णालीका मुख्यमन्त्रीको सयदिने रिपोर्ट कार्ड
चीन भ्रमणलाई पर्यटकीय भ्रमणमा सीमित नराख्न प्रधानमन्त्रीको निर्देशन
गृहमन्त्री गुरुङ युएई प्रस्थान
एमालेद्वारा केन्द्रीय कमिटी बैठक आह्वान
काठमाडौंमा जुट्दै वडादेखि केन्द्रसम्मका एमाले नेतृत्व





