काठमाडौं । रसिया चेस फेडेरेशनले रुसको मस्को स्थित एम मिखायल बोट्भिनिक सेन्ट्रल चेस हलमा आयोजना गरेको एससिओ चेस बुधबार व्यक्तिगत तथा टिम विधाका रापिड तथा ब्लिट्ज बुद्धिचाल प्रतियोगिता सम्पन्न गरेको छ।
सांघाई अन्तर्राष्ट्रिय स्टेट सदस्य राष्ट्रबीच अन्तर्राष्ट्रिय स्पोर्ट्स इभेन्ट अन्तर्गत रापिड चेसमा नेपालका सिएम आशिष फुयाल र सिएम सुश्रुत दहाल तथा सिएम कृतिसरा अधिकारी र सिएम निहाना श्रेष्ठले सहभागिता जनाएका थिए।
प्रतिस्पर्धाको व्यक्तिगत विधा अन्तर्गत रापिड बुद्धिचाल खेलमा नेपाली खेलाडीहरू आशिष फुयाल र सुश्रुत दहालले औसत खेल प्रदर्शन गर्दै सातौं र आठौं स्थान प्राप्त गरेका छन् । टिम स्पर्धामा नेपाल पुरुष टिम चौथो स्थानमा रहे ।
यसैगरी महिलातर्फ व्यक्तिगत रापिड स्पर्धामा कृतिसरा अधिकारी आठौं तथा निहाना श्रेष्ठ बाह्रौं स्थानमा रहे भने टिम स्पर्धामा नेपाली महिला टोली पाँचौं स्थानमा रहे।
यसैगरी ब्लिट्ज तर्फ पुरुष व्यक्तिगत विधामा आशिष फुयाल सातौं र सुश्रुत दाहाल दशौं भए । टिम प्रतिस्पर्धामा नेपाली पुरुष टोली चौथो स्थान हासिल गर्न सफल भए। व्यक्तिगत महिला ब्लिट्ज तर्फ कृतिसरा अधिकारी नवौं निहाना श्रेष्ठ दशौं भए । टिम प्रतिस्पर्धामा महिला टोलीले पाँचौं स्थान हासिल गर्न सफल रहे।
अन्तर्राष्ट्रिय चेस प्रतिस्पर्धामा नेपालका सीएम सुश्रुत दाहालले इरानियन अन्तर्राष्ट्रिय मास्टरलाई पराजित गर्नु तथा महिला खेलाडी सीएम प्रीतिसरा अधिकारीले पूर्व विश्व रापिड विजेता रसियन डब्लूजिएम बोदनारुक आनास्तासियासँग बराबरी गर्नु ठूलो उपलब्धि बनेको छ।
अध्यक्ष हेराकाजी महर्जनले विश्व बुद्धिचालका महारथी राष्ट्र रसिया, बेलारुस, इरान, ताजिकिस्तान, किर्गिस्तान, लाओससँग एउटै खेल मञ्चमा प्रतिस्पर्धा गर्न पाउनु नेपाली खेलाडीहरूका लागि ठूलो अवसर बनेको बताए ।
रसिया भ्रमणको अवसर पारेर नेपाल बुद्धिचाल महासंघले मस्को रेजिअन चेस फेडेरेसनसँग निकट भविष्यमा हुन गईरहेको दोश्रो बुद्धिष्ट कप चेस तथा एशियन क्राउन चेस फेस्टिभलमा नेपालको सहभागिता सुनिश्चित गरेको छ।
सम्बन्धित समाचार
विराटनगरविरूध्द काठमाडौं गोर्खाजको जित
एनपीएलमा आज चार टोलीबीच हुँदैछ प्रतिस्पर्धा
एउटा क्यानले दिलायो बाइक र स्कुटर, म्याक्स टाइगरका विजेताले बुझ्न थाले पुरस्कार
सुदूरसँग कर्णाली पराजित
काठमाडौंले लुम्बिनीलाई दियो १६१ रनको लक्ष्य
नेपालले जित्यो बेल्ट एन्ड रोड सिरिजको उपाधि
जनकपुरमाथि सुदूरपश्चिमको रोमाञ्चक जित
टस जितेर विराटनगरविरुद्ध पहिले बलिङ गर्दै लुम्बिनी






