काठमाडौं । नेपाल प्रिमियर लिग तेस्रो सिजनअन्तर्गत शुक्रबारको पहिलो खेलमा कर्णाली याक्स सुदूरपश्चिम रोयल्ससँग ३९ रनले पराजित भएको छ ।
त्यसअघि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा टस हारेर पहिले ब्याटिङमा ओर्लिएको सुदूरपश्चिमले २० ओभरमा ६ विकेटको क्षतिमा १७६ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको कर्णालीका डेभिड मिलरको विष्फोटक नटआउट ९३ रनको इनिङ्स खेर गएको छ ।
कर्णाली याक्सले २० ओभरमा सात विकेटको क्षतिमा मात्र १३७ रन बनाउन सक्यो । मिलरले उत्कृष्ट ब्याटिङ गर्दै ५५ बल खेल्दै ५ चौका र ७ छक्का मदतमा अविजित ९३ रन बनाए।
बलिङमा सुदूरपश्चिमका लागि स्कट कुगेलेइनले २ तथा हेमन्त धामी, अनिल खरेल, कप्तान दीपेन्द्रसिंह ऐरी, थरिन्दु रत्नायके र अभिनाश बोहराले १–१ विकेट लिए।
आजको खेलमा कर्णाली याक्सलाई पराजित गरेसंगै पाँच खेलमा ६ अंकका साथ सुदूरपश्चिम दोस्रो स्थानमा उक्लिएको छ।
सम्बन्धित समाचार
फेबियन एलेन सुदूरपश्चिम रोयल्समा अनुबन्धित
आजदेखि एनपीएल, प्रधानमन्त्रीले दिए शुभकामना
रन र विकेटको रोमाञ्चबीच एक्स्ट्रिमले ल्यायो उत्कृष्ट खेलाडीलाई चाँदीको बल
एनपीएल ३ : आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स आमनेसामने
एनपीएल–३ : आज दुई खेल हुँदै
जनकपुरको अर्को जित, पोखराको लगातार हार
नौ जनाले जितिसके मोटरसाइकल र स्कुटर, म्याक्स टाइगरको अर्को भाग्यशाली को ?
कर्णालीमाथि काठमाडौं गोर्खाजको शानदार जीत






