काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आजको खेलमा काठमाडौं गोर्खाजले लुम्बिनी लायन्सलाई १६१ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १६० रन बनायो ।
काठमाडौंका लागि डेविड वार्नरले सर्वाधिक ६६ रन बनाए । उनले ५० बलमा नौ चौका र एक छक्का प्रहार गरे । साहिल पटेलले ३८ तथा सहान अराच्चिगेले अविजित ३४ रन बनाए ।
बलिङतर्फ लुम्बिनीका शेर मल्ल, रुबेन ट्रम्पलम्यान र अभिषेष गौतमले समान दुई–दुई विकेट लिए । अब लुम्बिनीले जितका लागि १६१ रन बनाउनुपर्नेछ ।
तपाइको प्रतिक्रिया
(Visited 8 times, 1 visits today)
सम्बन्धित समाचार
फेबियन एलेन सुदूरपश्चिम रोयल्समा अनुबन्धित
आजदेखि एनपीएल, प्रधानमन्त्रीले दिए शुभकामना
रन र विकेटको रोमाञ्चबीच एक्स्ट्रिमले ल्यायो उत्कृष्ट खेलाडीलाई चाँदीको बल
एनपीएल ३ : आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स आमनेसामने
एनपीएल–३ : आज दुई खेल हुँदै
जनकपुरको अर्को जित, पोखराको लगातार हार
नौ जनाले जितिसके मोटरसाइकल र स्कुटर, म्याक्स टाइगरको अर्को भाग्यशाली को ?
कर्णालीमाथि काठमाडौं गोर्खाजको शानदार जीत






