काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत काठमाडौं गोर्खाजले विराटनगर किंग्सलाई ९ विकेटले पराजित गरेको छ । विराटनगरले दिएको ८४ रनको लक्ष्य काठमाडौंले ९.४ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो ।
काठमाडौंका लागि डेभिड वार्नरले अविजित ४४ रन बनाए । उनले २४ बलमा २ चौका र ३ छक्का प्रहार गरे । विलियम बोसिस्टो २४ बलमा ३ चौकासहित अविजित २३ रनमा रहे । साहिल पटेलले ११ बलमा १० रन बनाए । उनलाई अपराजित पौडेलले आउट गरे । विराटनगरका लागि अपराजित पौडेलले १ विकेट लिए । उनले २ ओभरमा १६ रन खर्चिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगर १८.३ ओभरमा ८३ रनमै अलआउट भयो । विराटनगरका लागि रुपेश सिंहले सर्वाधिक २६ रन बनाए । उनले २७ बलमा ३ चौका र १ छक्का प्रहार गरे । एन्जेलो म्याथ्युजले ३१ बलमा १ चौकासहित २२ रन जोडे
बासिर अहमदले १४ बलमा १०, लोकेश बमले १० बलमा ६ र शेहान जयसूर्याले ८ बलमा ५ रन बनाए । सन्दीप लामिछाने ३ रनमा अविजित रहे । अपराजित पौडेलले २ तथा आन्द्रे रसेलले ३ रन बनाए । इमरान शेख, नारायण जोशी र शुभम रञ्जने खाता नखोली आउट भए ।
काठमाडौंका लागि सन्तोष यादवले ३ विकेट लिए । जहान्दाद खान र सहान अराचिगेले समान २ विकेट लिए । करण केसी, शाहाब आलम र देव शाहले १–१ विकेट लिए ।
सम्बन्धित समाचार
दुर्लभ एकसिंगे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’
चितवनसँग सन्दीप लामिछाने नेतृत्वको विराटनगर पराजित
एनपीएल ३ : आज काठमाडौं र कर्णाली तथा सुदूरपश्चिम र चितवन भिड्दै
कर्णाली याक्सले काठमाडौँ गोर्खाजलाई दियो १८१ रनको लक्ष्य
सङ्खुवासभा गोल्डकप फुटबल प्रतियोगिताः काठमाडौँ र सुनसरीको विजयी सुरुवात
जनकपुरमाथि विराटनगरको सनसनिपूर्ण जित, रसेलको ४ विकेट
एनपीएलमा नेपाली खेलाडीको प्रभावशाली प्रदर्शन, ब्याटिङ र बलिङ दुवैतर्फ अब्बल
क्रिस्टियानो रोनाल्डोले गरे अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा





