मध्यपश्चिम विश्वविद्यालयमा ७ डिन र २ निर्देशक पदमा आवेदन खुला

काठमाडौं । मध्यपश्चिम विश्वविद्यालयले रिक्त रहेका सातवटा ग्राजुएट स्कुलका डिन र दुईवटा निर्देशनालयका निर्देशक गरी कुल ९ वटा नेतृत्वदायी पदमा खुला प्रतिस्पर्धामार्फत पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ ।

विश्वविद्यालयले सूचना जारी गर्दै ग्राजुएट स्कुल अफ एग्रिकल्चर एन्ड फरेस्ट्री साइन्स, ग्राजुएट स्कुल अफ एजुकेसन, ग्राजुएट स्कुल अफ इन्जिनियरिङ, ग्राजुएट स्कुल अफ ह्युमानिटिज एन्ड सोसल साइन्स, ग्राजुएट स्कुल अफ ल, ग्राजुएट स्कुल अफ म्यानेजमेन्ट र ग्राजुएट स्कुल अफ साइन्स एन्ड टेक्नोलोजीका लागि एक-एक जना डिन माग गरेको हो ।

त्यस्तै, विश्वविद्यालयअन्तर्गतका अनुसन्धान निर्देशनालय र पाठ्यक्रम विकास निर्देशनालयका लागि एक–एक जना निर्देशक नियुक्त गर्न दरखास्त आह्वान गरिएको सूचनामा उल्लेख छ ।

मध्यपश्चिम विश्वविद्यालय ऐन, २०६७ तथा विश्वविद्यालय सङ्गठन तथा शैक्षिक प्रशासनिक नियमावली, २०६९ (आठौँ संशोधन) मा भएको कानुनी व्यवस्थाबमोजिम योग्यता र क्षमताका आधारमा प्रतिस्पर्धात्मक प्रक्रियाबाट पदाधिकारी छनोट गर्न लागिएको विश्वविद्यालयले स्पष्ट पारेको छ ।

उच्च शिक्षा क्षेत्रमा विगतमा हुँदै आएको राजनीतिक भागबन्डा र नियुक्तिको पुरानो परम्परा तोड्दै योग्यता, क्षमता र खुला प्रतिस्पर्धाका आधारमा नेतृत्व चयन गर्ने महत्वपूर्ण पहलका रूपमा यस प्रक्रियालाई हेरिएको छ।

इच्छुक तथा योग्य उम्मेदवारले व्यक्तिगत विवरण (बायोडाटा), शैक्षिक योग्यताका प्रमाणपत्र र कार्यानुभवको प्रमाणित प्रतिलिपिसहित विश्वविद्यालयको रणनीतिक योजना कार्यान्वयनसम्बन्धी कार्ययोजना पेस गर्नुपर्नेछ ।

तपाइको प्रतिक्रिया
(Visited 18 times, 1 visits today)

epaper

ताजा समाचार

एनपीएलका आठ कप्तान : कसको नेतृत्व सफल, कसको प्रदर्शन कमजोर ?