एमालेको राष्ट्रिय भेलामा ३ हजार ५१४ जना सहभागी हुने

काठमाडौं । नेकपा एमालेले आगामी मंसिर २ र ३ गते काठमाडौंमा आयोजना गर्न लागेको राष्ट्रिय भेलामा ३ हजार ५१४ जना सहभागी हुने जनाएको छ ।

पार्टीको केन्द्रीय नेतृत्वदेखि पालिका तहका कमिटीका पदाधिकारी तथा पार्टीबाट निर्वाचित जनप्रतिनिधिसम्मको सहभागिता रहने भेलालाई एमालेले आगामी स्थानीय तह निर्वाचनको तयारी र पार्टीको वैचारिक तथा संगठनात्मक एकता सुदृढ गर्ने अवसरका रूपमा लिएको छ ।

सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख निरज आचार्यले भेलाको तयारी र उद्देश्य’bout जानकारी दिँदै पार्टीको इतिहासमै पहिलोपटक पालिका तहका कमिटीदेखि केन्द्रीय नेतृत्व र संघीय संसददेखि स्थानीय तहसम्मका जनप्रतिनिधि एउटै मञ्चमा सहभागी हुने गरी राष्ट्रिय भेला आयोजना गरिएको बताए । सहभागी संख्याका आधारमा महाधिवेशनपछिको ठूलो कार्यक्रमका रूपमा भेलालाई लिइएको उनको भनाइ छ ।

भेलाको उद्घाटन मंसिर २ गते बिहान ११ बजे पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ललितपुरस्थित हाइटफिल्ड क्याटरिङ ब्याङ्क्वेटमा गर्ने कार्यक्रम छ ।

आचार्यका अनुसार भेलाको मुख्य उद्देश्य आगामी स्थानीय तह निर्वाचनको व्यवस्थित पूर्वतयारी गर्नु, पार्टीका निर्णय र राजनीतिक बुझाइमा एकरूपता कायम गर्नु तथा वैचारिक र संगठनात्मक एकतालाई थप मजबुत बनाउनु हो । साथै, मुलुकमा पछिल्लो समय देखिएको कुशासन, राजनीतिक अन्योल र निराशालाई चिर्दै जनतामाझ नयाँ आशा र ऊर्जा सञ्चार गर्ने लक्ष्य पनि भेलाले राखेको छ ।

उनले पत्रकार सम्मेलनमा भने, ‘नेकपा एमालेको राष्ट्रिय भेला आगामी मंसिर २ र ३ गते काठमाडौँमा आयोजना हुँदैछ । भेलाको तयारी तथा उद्देश्य’bout जानकारी गराउन पत्रकार सम्मेलन आयोजना गरिएको हो । भेलाको उद्घाटन मंसिर २ गते बिहान ११ बजे पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री कमरेड केपी शर्मा ओलीले ललितपुरस्थित हाइटफिल्ड क्याटरिङ ब्याङ्क्वेटमा गर्नुहुनेछ ।’

भेलामा अध्यक्ष ओलीले मुलुकको वर्तमान राजनीतिक अवस्थाको विश्लेषण, पार्टीको दृष्टिकोण र आगामी कार्यदिशा’bout सम्बोधन गर्नेछन् । उनले पार्टी केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठकले पारित गरेका दुई प्रमुख कार्यभार र गर्नुपर्ने १५ कामका विषयमा पनि राजनीतिक तथा वैचारिक मार्गनिर्देशन गर्ने कार्यक्रम छ ।

त्यस्तै, पार्टीका वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले समसामयिक राजनीतिक विषय र पार्टीका कार्यभार’bout विशेष सम्बोधन गर्नेछिन् ।

भेलामा उपाध्यक्ष रामबहादुर थापाले संसदीय संघर्षसम्बन्धी कार्यपत्र प्रस्तुत गर्नेछन् भने अर्का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले एमाले सरकारमा रहँदा गरिएका महत्वपूर्ण काम तथा उपलब्धिको समीक्षा प्रस्तुत गर्नेछन् । महासचिव शंकर पोखरेलले पार्टी सुदृढीकरण, शुद्धीकरण तथा स्थानीय निर्वाचनसम्बन्धी कार्ययोजना प्रस्तुत गर्ने आचार्यले जानकारी दिए ।

उनका अनुसार भेलामा सहभागी सबैबाट स्थानीय निर्वाचन केन्द्रित सुझाव लिखित रूपमा संकलन गरिनेछ । यसले आगामी निर्वाचनको रणनीति र पार्टीको संगठनात्मक तयारीलाई थप प्रभावकारी बनाउने एमालेको अपेक्षा छ ।

भेलामा केन्द्रीय कमिटी, केन्द्रीय निकाय, प्रदेश तथा जिल्ला कमिटीका पदाधिकारी, प्रवासी नेपाली मञ्चका प्रतिनिधि र पालिका कमिटीका अध्यक्ष तथा उपाध्यक्ष सहभागी हुनेछन् । त्यसैगरी संघीय सांसद, प्रदेशसभा सदस्य, जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुख, पालिका प्रमुख तथा उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष र जनसंगठनका प्रतिनिधिको पनि सहभागिता रहनेछ ।

आचार्यले भेलाको व्यवस्थापन, सुरक्षा, स्वास्थ्य सेवा तथा सहभागीहरूको कार्ड वितरणको तयारी पूरा भएको जानकारी दिए । सुरक्षाका लागि १९० जना स्वयंसेवक परिचालन गरिनेछ । सहभागीहरूले आफ्नै आवासको व्यवस्था गर्नुपर्ने भए पनि त्यसो गर्न नसक्नेहरूका लागि सम्बन्धित जिल्ला सम्पर्क कमिटीले समन्वय गर्नेछ ।

कार्यक्रमस्थलको मुख्य प्रवेशद्वारमा स्वास्थ्य सहायता कक्ष राखिने र सवारी पार्किङको व्यवस्था पार्टी केन्द्रीय कार्यालय च्यासलमा मिलाइएको उनले बताए ।

सञ्चारकर्मीलाई उद्घाटन समारोहमा समाचार संकलन तथा श्रव्यदृश्य सामग्री छायांकन र सम्प्रेषणका लागि सभाहलमा पहुँच दिइने एमालेले जनाएको छ । बन्दसत्रका गतिविधि’bout भने केन्द्रीय प्रचार तथा प्रकाशन विभागले मिडिया सेन्टरमार्फत नियमित जानकारी गराउनेछ ।

आचार्यले भने, ‘भेलाको मुख्य उद्देश्य पार्टीको वैचारिक तथा संगठनात्मक एकता सुदृढ गर्नु, आगामी स्थानीय तह निर्वाचनको तयारी गर्नु तथा पार्टीका दुई प्रमुख कार्यभार र १५ वटा कामलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नु रहेको छ । साथै, मुलुकको वर्तमान राजनीतिक अवस्था’bout पार्टीको दृष्टिकोण स्पष्ट पार्दै जनतामा नयाँ आशा र ऊर्जा सञ्चार गर्ने लक्ष्य राखिएको छ ।’

एमालेले पछिल्लो राजनीतिक परिस्थितिमा पार्टीको धारणा स्पष्ट पार्ने, संगठनलाई निर्वाचन केन्द्रित बनाउने र नेतृत्वदेखि स्थानीय तहसम्म राजनीतिक बुझाइमा समानता कायम गर्ने उद्देश्यसहित राष्ट्रिय भेलालाई महत्वपूर्ण रूपमा लिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 5 times, 1 visits today)

epaper

ताजा समाचार

३ देशका ८ टोलीबीच झापा महिला गोल्डकपको प्रतिस्पर्धा