चापागाउँ (ललितपुर) । काठमाडौं उपत्यकाको दक्षिणी भेगमा अवस्थित ललितपुर चापागाउँको परिचय आज ऐतिहासिक नेवाः बस्तीका रूपमा स्थापित छ । परम्परागत घर, मन्दिर, चोक, जात्रा र सामुदायिक जीवनले यहाँको मौलिक पहिचान स्थापित गरेका छन् । लिच्छविकालीन अभिलेखदेखि मल्लकालीन सांस्कृतिक विकाससँगै चापागाउँको ऐतिहासिक पहिचानसँग तीन नाम विशेषरूपमा जोडिएका छन्– स्थरुद्रंग, चम्पापुर र वाःदे । यी नामबाट फरक ऐतिहासिक तथा भाषिक प्रतिनिधित्व जगजाहेर गर्छन् । अहिलेसम्म भेटिएका अभिलेख तथा अनुसन्धानअनुसार चापागाउँको इतिहास बुझ्न यी नाम अझ महत्वपूर्ण हुन जान्छ ।
शिलालेखमा भेटिने प्राचीन चापागाउँ
चापागाउँको इतिहासलाई प्राचीनकालसम्म जोड्ने महइभ्वपूर्ण आधार लिच्छविकालीन शिलालेख हो । ऐतिहासिक विवरणअनुसार राजा शिवदेव प्रथमसँग सम्बन्धित करिब ईस्वी संवत् ५९० तिरको अभिलेखमा ‘स्थरुद्रंग’ नाम उल्लेख छ । शिलालेखको महत्व पुरानो नाम उल्लेख हुनुमै सीमित छैन । तत्कालीन समाजको आर्थिक गतिविधि, बस्तीको संगठन र स्थानीय प्रशासन’bout पनि यसबाट प्रस्ट हुन्छ । सो अभिलेखमा स्थरुद्रंगका बासिन्दा तथा माछा बिक्रीमा कर लगाउने व्यवस्थासम्बन्धी विषय उल्लेख छ । त्यस समयको यो क्षेत्र आर्थिक गतिविधि हुने व्यवस्थित बस्तीका रूपमा रहेको यसबाट बुझ्न सकिन्छ ।
माछा बिक्रीमा कर लगाउने व्यवस्था उल्लेखले स्थानीय उत्पादन तथा व्यापारलाई प्रशासनिक दृष्टिले समेत व्यवस्थित गर्ने अभ्यास रहेको देखिन्छ । इतिहासमा कुनै बस्तीको अस्तित्व प्रमाणित गर्न शिलालेख, ताम्रपत्र, अभिलेख र पुरातात्त्विक अवशेष महइभ्वपूर्ण स्रोत हुन् । यस दृष्टिले स्थरुद्रंगसँग सम्बन्धित अभिलेख चापागाउँको प्राचीनता बुझ्ने महत्वपूर्ण आधार हो । यद्यपि, शिलालेखमा नाम उल्लेख भएको आधारमा मात्रै बस्ती स्थापना यही समयमै असम्भ देखिन्छ । ‘बस्ती वास्तविकरूपमै स्थापना कहिले भयो ?’ भन्ने प्रश्नको उत्तरका लागि थप पुरातात्त्विक तथा अभिलेखीय अनुसन्धान आवश्यक छ ।
स्थरुद्रंगबाट चम्पापुरसम्म
चापागाउँको ऐतिहासिक परिचयमा ‘चम्पापुर’ नामको विशेष स्थान छ । विभिन्न ऐतिहासिक तथा सम्पदासम्बन्धी अध्ययनमा चम्पापुरलाई चापागाउँको पुरानो नामका रूपमा उल्लेख गरिएको छ । ‘स्थरुद्रंग’ लिच्छविकालीन अभिलेखसँग सम्बन्धित छ भने ‘चम्पापुर’ चापागाउँको प्राचीन तथा मल्लकालीन ऐतिहासिक पहिचानसँग जोडिएको छ । विभिन्न कालखण्डमा एउटै भूभागलाई फरक नामले चिनिने सम्भावना प्रबल देखिएको छ । नाम परिवर्तन भएको ठ्याक्कै मिति, परिवर्तनको कारण र ‘स्थरुद्रंगबाट चम्पापुर नाम कसरी प्रचलनमा आयो ?’ भन्ने विषयमा उपलब्ध प्रमाण भने पर्याप्त देखिँदैन । त्यसैले यी नामलाई ऐतिहासिक स्रोत सीमाभित्रै व्याख्या गर्नु उपयुक्त हुन्छ ।
‘चापागाउँ’ नामकरण’bout स्थानीय जनविश्वास पनि प्रचलित छ । स्थानीय परम्परासम्बन्धी विवरणमा यस क्षेत्रमा चाँपका रूख प्रशस्त रहेको र चाँपको वन फाँडेर बस्ती विकास भएपछि ‘चम्पापुर’ नाम रहन गएको व्याख्या पाइन्छ । चम्पापुर देवीसँग सम्बन्धित धार्मिक परम्परा पनि यही सन्दर्भमा जोडिन्छ । चाँपका रूखका कारण नै ‘चम्पापुर’ नाम रह्यो भन्ने कथनलाई प्रत्यक्ष समकालीन अभिलेखबाट पुष्टि भएको तथ्यका रूपमा प्रस्तुत गर्न भने सकिँदैन । यो नामको उत्पत्तिसम्बन्धी प्रचलित स्थानीय कथन हो । इतिहास अध्ययनमा अभिलेखबाट प्रमाणित तथ्य र जनश्रुतिबीचको भिन्नता बुझ्नु आवश्यक हुन्छ ।

वाःदे : कृषि संस्कृति र स्थानीय पहिचान
चापागाउँलाई नेपाल भाषामा ‘वाःदे’ नामले पनि चिनिन्छ । यस नामको व्याख्या स्थानीय कृषि संस्कृति र धान उत्पादनसँग जोडिएका छन् । चापागाउँसम्बन्धी त्रिभुवन विश्वविद्यालयको अध्ययनमा ‘वाः’ शब्दलाई धान र ‘दे’ शब्दलाई देश वा क्षेत्रसँग सम्बन्धित अर्थमा व्याख्या गरिएको छ । यसअनुसार ‘वाःदे’ नामले धान उत्पादन हुने क्षेत्र वा धानसँग सम्बन्धित भूभागको भाव व्यक्त गर्न सकिन्छ ।
काठमाडौं उपत्यकाको परम्परागत बस्ती विकासमा कृषि, सिँचाइ र उर्वर जमिनको महइभ्व ठूलो थियो । बस्तीको आर्थिक आधार खेतीपाती हुनु, कृषि उत्पादन आदानप्रदान तथा सामुदायिक श्रममा आधारित सामाजिक संरचना उपत्यकाका धेरै पुराना बस्तीका विशेषता हुन् ।
चापागाउँको सन्दर्भमा ‘वाःदे’ नाम प्रचलनले स्थानीय भाषिक पहिचान र कृषि परम्पराबीचको सम्बन्ध’bout अध्ययन गर्ने अवसर प्रदान गर्छ । नामको भाषिक अर्थ र यसको ऐतिहासिक उत्पत्ति भने एउटै विषय होइनन् । नामको वास्तविक उत्पत्ति स्थापित गर्न भाषाशास्त्रीय अध्ययन, पुराना अभिलेखस“गै स्थानीय मौखिक इतिहासको थप तुलना आवश्यक हुन्छ ।
मल्लकालीन सभ्यता र परम्परागत बस्ती
काठमाडौं उपत्यकाको इतिहासमा मल्लकाललाई कला, वास्तुकला, धार्मिक परम्परा र सहरी सभ्यताको विकासका दृष्टिले महइभ्वपूर्ण मानिन्छ । यसकालमा उपत्यकाका विभिन्न बस्तीमा मन्दिर, बहाल, चोक, पाटी, ढुंगेधारा र परम्परागत घर विकास तथा विस्तार भएको देखिन्छ । चापागाउँको पुरानो बस्तीमा पनि नेवाः सभ्यताका विशेषता झल्काउने संरचना र परम्परा देखिन्छन् । एकापसमा जोडिएका घर, गल्लीसँग जोडिएका सार्वजनिकस्थल, मन्दिरकेन्द्रित सामाजिक जीवन र जात्रा सञ्चालन हुने चोकले बस्तीको मौलिक स्वरूप निर्माण गरेका छन् । यस्ता संरचना भौतिक सम्पदामात्रै होइनन्, तिनले विगतका मानिसले आफ्नो ‘बस्ती कसरी निर्माण गरे, सार्वजनिक स्थानलाई कसरी प्रयोग गरे र धार्मिक तथा सामाजिक गतिविधि कसरी व्यवस्थित गरे ?’ भन्ने झल्किन्छन् ।
चापागाउँसम्बन्धी Study of Social and Cultural Sustainability in Heritage Settlement-A Case at Chapagaun शीर्षकको अनुसन्धानले यहाँको परम्परागत बस्ती संरचना, सामाजिक सम्बन्ध र सांस्कृतिक निरन्तरता उल्लेख गरेको छ । यसबाट पनि चापागाउँलाई जीवित सम्पदाका रूपमा बुझ्न मद्दत गर्छ । ‘जीवित सम्पदा’ भन्नाले पुराना भवन वा मन्दिरमात्र होइनन्, यहाँसँग जोडिएको समुदायको भाषा, सीप, जात्रा, पूजा, सामाजिक सम्बन्ध र जीवनशैलीसमेत हुन् । यही दृष्टिले चापागाउँको ऐतिहासिक महइभ्व यसको भौतिक संरचनाभन्दा व्यापक छ ।
बज्रबाराही मन्दिर: आस्था र सामुदायिक जीवनको केन्द्र
चापागाउँको धार्मिक तथा सांस्कृतिक परिचयमा बज्रबाराही मन्दिरको उल्लेख अनिवार्य हुन्छ । यो मन्दिर स्थानीय समुदायको धार्मिक आस्था, सांस्कृतिक परम्परा र सामुदायिक गतिविधिसँग जोडिएको महइभ्वपूर्ण सम्पदा हो ।

काठमाडौं उपत्यकाका परम्परागत बस्तीमा मन्दिरले धार्मिक प्रयोजन पूरा गर्नुका साथै सामाजिक जीवन एकत्रित गर्ने महत्वपूर्ण भूमिका पनि निर्वाह गर्दै आएका छन् । चाडपर्व, पूजा, जात्रा र सामूहिक अनुष्ठानका अवसरमा समुदायका सदस्य एकैठाउँ भेला हुन्छन् । यस प्रक्रियाले सामाजिक सम्बन्ध बलियो बनाउने र पुस्तान्तरण हुँदै आएका परम्परालाई निरन्तरता दिने काम गर्छ । बज्रबाराही माईको महत्वलाई पनि यही व्यापक सामाजिक तथा सांस्कृतिक सन्दर्भमा बुझ्न सकिन्छ । मन्दिर र यससँग सम्बन्धित परम्पराले चापागाउँको स्थानीय अझ पहिचान सुदृढ बनाएका छन् ।
चापागाउँमा प्रचलित विभिन्न जात्रा तथा धार्मिक गतिविधि स्थानीय समुदायको सांस्कृतिक जीवनका अभिन्न पक्ष हुन् । यस्ता परम्परामा धार्मिक आस्थाका अतिरिक्त स्थानीय कला, संगीत, बाजागाजा, सामुदायिक सहभागिता र पुस्तौंदेखि हस्तान्तरण हुँदै आएका सीप पनि समेटिएका छन् । यद्यपि, कुनै मन्दिर निर्माण मिति, पुनर्निर्माणका चरण र त्यससँग सम्बन्धित ऐतिहासिक घटनाको यकिन विवरण दिन मन्दिरका अभिलेख, शिलालेख र आधिकारिक सम्पदा विवरणको छुट्टै अध्ययन आवश्यक छ ।
चापागाउँको इतिहासमा कृषि र व्यापार
चापागाउँको पुरानो इतिहासलाई धार्मिक तथा सांस्कृतिक पक्षबाटमात्र हेरेर पूर्ण हुँदैन । यसका लागि सामाजिक विकासमा कृषि र व्यापारको भूमिका पनि महइभ्वपूर्ण हुन्छन् । लिच्छविकालीन अभिलेखमा माछा बिक्रीमा कर लगाउने व्यवस्थाको उल्लेख हुनु आर्थिक गतिविधिको ऐतिहासिक प्रमाण हो । तत्कालीन बस्तीमा वस्तु बिक्रीवितरण र कर व्यवस्थापनसम्बन्धी अभ्यास रहेको यहीँबाट प्रस्ट हुन्छ ।
कृषि उत्पादनमा आधारित समाजमा जमिन, पानी, सिँचाइ र उत्पादन वितरणले बस्तीको सामाजिक संरचना निर्धारण गर्न महइभ्वपूर्ण भूमिका खेल्छन् । काठमाडौं उपत्यकाका पुराना बस्तीमा खेतीपाती र स्थानीय व्यापार एकअर्कासँग जोडिएका थिए । कृषि उत्पादनले दैनिक जीवन धान्नुका साथै धार्मिक पर्व र सामुदायिक गतिविधिका लागि आवश्यक स्रोत उपलब्ध गराउन सहयोग गथ्र्यो ।
चापागाउँको नेपाल भाषामा प्रचलित ‘वाःदे’ नामलाई धान उत्पादनसँग जोडेर व्याख्या गरिनु पनि स्थानीय इतिहासमा कृषि संस्कृतिको महइभ्व बुझ्ने बलियो आधार हो । यद्यपि, नामको अर्थबाटमात्रै कुनै कालखण्डको कृषि उत्पादनको मात्रा, व्यापार विस्तार वा आर्थिक समृद्धिस्तर निश्चित गर्न सकिँदैन । यसका लागि पुराना अभिलेख, जग्गासम्बन्धी कागजात, स्थानीय मौखिक इतिहास र आर्थिक गतिविधिका अन्य प्रमाण अध्ययन आवश्यक छ ।
पुरानो बस्तीको स्वरूप र सामाजिक निरन्तरता
चापागाउँको मौलिकता पुरानो बस्ती संरचनामा निहीत छ । परम्परागत घर, साँघुरा गल्ली, चोक र मन्दिरले बनेको बस्तीको स्वरूप मानिसको दैनिक जीवनसँग प्रत्यक्ष सम्बन्धित छ । परम्परागत बस्तीमा घर व्यक्तिगत बसोबासका स्थान थिएनन् । घरपरिवार, छिमेकी, गुठी, धार्मिक समूह र स्थानीय समुदायबीचको सम्बन्धले सामाजिक जीवन व्यवस्थित गथ्र्यो ।

सामूहिकरूपमा गरिने धार्मिक तथा सांस्कृतिक गतिविधिले बस्तीका सदस्यबीच सहकार्य भावना विकास गर्न सहयोग गथ्र्यो । यस्तो सामाजिक संरचनाको निरन्तरता पुरानो बस्तीको संरक्षणसँग पनि जोडिएको छ । भवन संरक्षण गर्नु महत्वपूर्ण भए पनि त्यससँग सम्बन्धित परम्परागत प्रयोग, स्थानीय सीप र सांस्कृतिक अभ्यासलाई निरन्तरता दिनु पनि उत्तिकै आवश्यक छ । आज पुराना बस्तीले सहरी विस्तार, आधुनिक निर्माण, जनसांख्यिक परिवर्तन र परम्परागत जीवनशैलीमा आएको परिवर्तनजस्ता चुनौती सामना गर्नुपरेको छ । चापागाउँको ऐतिहासिक पहिचान जोगाउन पुराना संरचनाको अभिलेखीकरण, स्थानीय इतिहास दस्तावेजीकरण र समुदायको सहभागितामा सम्पदा संरक्षण गर्नु आवश्यक छ ।
चापागाउँको इतिहास किन महत्वपूर्ण छ ?
चापागाउँको ऐतिहासिक महइभ्व तीनवटा प्रमुख आधारमा बुझ्न सकिन्छ । स्थरुद्रंग नामसँग सम्बन्धित लिच्छविकालीन अभिलेखले यस क्षेत्रको प्राचीन इतिहास’bout जानकारी दिन्छ । बस्ती, आर्थिक गतिविधि र प्रशासनिक व्यवस्था अध्ययन गर्न यसले आधार प्रदान गर्छ । चम्पापुर नाम तथा परम्परागत बस्ती संरचनाले चापागाउँको ऐतिहासिक र सांस्कृतिक पहिचान बुझ्न सहयोग गर्छन् । मल्लकालीन सभ्यता र नेवाः सांस्कृतिक परम्परासँग यसको सम्बन्ध थप अभिलेखीय अनुसन्धानबाट अझ स्पष्ट बनाउन जरुरी छ ।
वाःदे नाम, बज्रबाराही मन्दिर र स्थानीय जात्रा तथा धार्मिक अभ्यासले यस बस्तीको जीवित सांस्कृतिक सम्पदा प्रतिनिधित्व गर्छन् । यिनले इतिहास विगतका घटनामै सीमित नरहेर वर्तमान समुदायको जीवनमा पनि निरन्तरता पाइरहेको देखाउँछन् । यी तीनै पक्ष एकसाथ अध्ययन गर्दा चापागाउँको इतिहास नामको उत्पत्तिमात्र नभई बस्ती विकास, भाषा, अर्थतन्त्र, धार्मिक आस्था र सामुदायिक जीवनको साझा इतिहासका रूपमा देखापर्छ ।
नामभन्दा पुरानो सभ्यताको कथा
‘स्थरुद्रंग’, ‘चम्पापुर’ र ‘वाःदे’ नामले चापागाउँको ऐतिहासिक पहिचानका फरक पाटा उजागर गर्छन् । स्थरुद्रंगले लिच्छविकालीन अभिलेख, चम्पापुरले प्राचीन नाम र ऐतिहासिक पहिचान प्रतिनिधित्व गर्छ भने वाःदे नामले स्थानीय भाषिक तथा कृषि संस्कृतिसँगको सम्बन्ध देखाउँछ ।
चापागाउँको इतिहासलाई प्रमाणका आधारमा बुझ्न शिलालेख र अनुसन्धानबाट पुष्टि भएका तथ्यलाई स्थानीय जनश्रुति तथा परम्परागत व्याख्याबाट छुट्याउनु आवश्यक छ । यही सावधानीले यसको इतिहासलाई अझ विश्वसनीय र गहन बनाउँछ । पुराना घर, मन्दिर, चोक, गल्ली र जात्रा विगतका अवशेषस“ग पुस्तौंदेखि हस्तान्तरण हुँदै आएको सामूहिक स्मृति र मौलिक पहिचान हुन् । चापागाउँको संरक्षण पुराना संरचना जोगाउनुमात्र नभई यससँग जोडिएका भाषा, सीप, संस्कृति र स्थानीय समुदायको ऐतिहासिक स्मृति सुरक्षित राख्नु पनि हो ।
लिच्छविकालीन अभिलेखदेखि वर्तमान सांस्कृतिक जीवनसम्म फैलिएको चापागाउँको इतिहास नेपालको स्थानीय अध्ययनका लागि महत्वपूर्ण छ । यसको थप अभिलेखीय, भाषिक र पुरातात्त्विक अनुसन्धानले चापागाउँको विगतका अनुत्तरित प्रश्नको उत्तर खोज्न र नेपालको इतिहासमा यसको स्थान अझ स्पष्ट पार्न सहयोग पु-याउन सक्नेमा दुई मत छैन ।
सम्बन्धित समाचार
अमेरिकी चुनावपछि विश्व बजारमा घट्यो कच्चा तेलको मूल्य
सयपत्री र मखमलीको पर्वमा गोदावरीको सुगन्ध, फूलसँगै फुल्दै व्यावसायिक सपना
दुई लाख विद्यार्थीको विवरण फर्जी, भ्रष्टाचार आशंकामा छानबिन समिति गठन
सैनिक कल्याणकारी कोष : ४० हजार विद्यार्थीलाई छात्रवृत्ति, १० लाख हिताधिकारीलाई सुविधा
मौलिक देउसी–भैलोमा ‘पुन समाज पोखरा’ च्याम्पियन
घाट र हाटमा भिडः लोक आस्थाको पर्व छठको बढ्यो चहलपहल
विपन्न परिवारका ब्रतालु महिलालाई ११औं पटक साडी र पुजा सामग्री वितरण
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर






