जाममा परेका गाडी पहिरोले पुरिँदा २ को मृत्यु, ४ वटा गाडी पुरियाे

सांकेतिक तस्वीर

पाल्पा । पाल्पा – गुल्मी सडकखण्डको तानसेन ११ बन्दीपोखरा स्थित सम्मोबारीमा पहिरोले गाडी पुरिएको छ । पहिरोमा परी गाडीमा सवार २ जनाको मृत्यु भएको छ । मृत्यु भएका दुई जना पुरुष रहेका छन । घटनामा एक जना पुरुष घाइते भएका छन । घाइते तथा मृतक सबैजनाको सनाखत भएको छैन ।

घाइतेको उपचारका लागी तानसेन तर्फ पठाइएको छ । ४ वटा गाडीहरू पहिरोले बगाएको घटनास्थलबाट जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब निरीक्षक पृथ्वीनारायण काफ्लेले बताए । उनका अनुसार लु१त १९२८ नम्बर को टेङकर, लु२ख १३७६ नम्बरको मिनिट्रक, लु१च ७०११ नम्बरको कार, लु१च ७०४३ नम्बरको पिकअप भ्यानलाई पहिरोले पुरेको हो।

तानसेनबाट रीडीतर्फ जादै गरेका सवारी साधन पहिरोले पुरिएका हुन । बाटो जाम भै लाइनमा बसेका सवारी साधन पुरिएका हुन । गाडीहरु क्षतविक्षत् अवस्थामा भीरमा अड्किएका छन । घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र स्थानीय उद्वार कार्यमा जुटिरहेका प्रनानी काफ्लेले जानकारी दिए । घटना’bout थप विवरण आउन बाँकी छ ।

तपाइको प्रतिक्रिया
(Visited 166 times, 1 visits today)

epaper

ताजा समाचार

सीता जयन्तीलाई राष्ट्रिय पर्वको रुपमा मनाउन प्रभु साहको माग