आत्महत्या गरेका युवामा कोरोना ‘पोजेटिभ’

दैलेख । दुई दिन अघि आफ्नै घरमा आत्महत्या गरेका दैलेखका एक युवाको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको छ । आत्म हत्या गरेका दुल्लु नगरपालिका–१० छुवाला घर भएका २१ वर्षिय युवाको कोरोना परिक्षण गर्दा पोजेटिभ रिपोट आएको हो ।

असार ९ गते घरमा झुण्डिएको अवस्थामा भेटिएका युवाको शव पोष्टमार्टको लागि दुल्लु अस्पताल लगिएको थियो । ‘अस्पतालका चिकित्सकले स्वाब परीक्षण गरेपछि मात्रै पोष्टमार्टम गर्ने बताएपछि स्वाब सुर्खेत पठाएका थियौं’ दुल्लु नगरपालिकाका मेयर घनश्याम भण्डारीले भने, ‘आज सुर्खेतमा गरिएको परीक्षणमा मृतकको रिपोर्ट पोजेटिभ आएको छ, शव व्यवस्थापनका लागि नेपाली सेनासँग समन्वय गरिरहेका छौं ।’

एक महिना अघि कोरोनाबाट बच्न भारतबाट दैलेख आएका ति युवा पञ्चकोशी माध्यमिक विद्यालय गमौडीमा १४ दिन क्वारेन्टाइनमा बसेको १० नम्बर वडाध्यक्ष हर्क खड्काले जानकारी दिए । ‘उनीसँगै क्वारेन्टाइनमा बसेका २११ जनाको आरडीटी परीक्षण नेगेटिभ आएपछि घर पठाइएको हो’ उनले भने । लकडाउन देखी हालसम्म आत्महत्या गर्नेको संख्या १८ पुगेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख हरिबहादुर वलीले बताए । पछिल्लो समय जिल्लामा कोरोनाकै कारण आत्महत्या बढन थालेको छ । कोरोना पोजेटिभ देखिएकामा विभेद गरिन थालेपछि आत्महत्या बढेको छ,उनले भने ।

तपाइको प्रतिक्रिया
(Visited 224 times, 1 visits today)

epaper

ताजा समाचार

पश्चिमी वायुको प्रभावले देशका विभिन्न भागमा बदली