बैतडीमा क्वारेन्टाइनका भान्सेको मृत्यु

सांकेतिक तस्वीर

बैतडी । बैतडीमा क्वारेन्टाइनका एक भान्सेको शनिबार मृत्यु भएको छ । मृत्यु हुनेमा दशरथचन्द नगरपालिका ६ का ५३ वर्षीय पुरुष रहेका छन् । मृतक ती व्यक्ति दशरथचन्द नगरपालिका–४ मा रहेको जगन्नाथ बहुमुखी क्याम्पसको क्वारेन्टाइमा बसेका व्यक्तिहरुका लागि खाना पकाउने काम गर्दै आएका थिए । शनिबार बिहान ११ बजे घरमा एक्कासी बिरामी भएका ती व्यक्तिको उपचारको लागि जिल्ला अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । मृतक ती व्यक्ति २ महिनादेखि क्वारेन्टाइनमा खाना बनाउने काममा रहेको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायव उपरिक्षक नारायणप्रसाद अधिकारीले बताए ।

मृतकको कोरोना परिक्षण गरिने
क्वारेन्टाइनमा खाना पकाउने व्यक्तिको मृत्यु भएकोले मृतकको कोरोना परीक्षण गरिने भएको छ । मृतकको स्वाब संकलन गरी पिसिआर परिक्षणको लागि धनगढी पठाइने जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर वशन्तराज जोशीले बताए । मृतकको शव कसरी व्यवस्थापन कसरी गर्ने भन्ने बिषयमा समेत छलफल भइरहेको उनले बताए ।

आवश्यक प्रक्रिया पुर्याएर परिवारकै सदस्यले मानेपछि शव व्यवस्थापन गर्न परिवारलाई जिम्मा दिने नत्र नेपाली सेनाले व्यवस्थापन गर्ने डाक्टर जोशीले बताए । दशरथचन्द नगरपालिकामा हाल ३० जना कोरोना संक्रमित रहेका छन् । भने बैतडी जिल्लाभरी २०६ जनामा कोरोना पुष्टि भएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 198 times, 1 visits today)

epaper

ताजा समाचार

स्याङ्जामा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु