जिपको ठक्करबाट सहायक प्रहरी निरीक्षकको मृत्यु


काठमाडौं । काभ्रेको बनेपामा जिपको ठक्करबाट प्रहरी सहायक निरीक्षकको मृत्यु भएको छ ।

बनेपा नगरपालिका–१३ स्थित सडकमा बा.१९ च १३२३ नम्बरको जिपले शुक्रबार दिउँसो ठक्कर दिँदा प्रहरी चौकी साँगामा कार्यरत प्रहरी सहायक निरीक्षक तेजबहादुर गुरुङको मृत्यु भएको हो ।

भक्तपुरबाट पाँचखालतर्फ जाँदै गरेको जिपको ठक्करबाट गम्भीर घाइते भएका उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । जिप चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 306 times, 1 visits today)

epaper

ताजा समाचार

होल्डिङ सेन्टरबाट नहटाउन माग गर्दै प्रदर्शनमा उत्रिए सुकुम्बासी